मुलुक पुरै असुरक्षित हुँदा पनि सरकार निरीह भएको अध्यक्ष मल्लको टिप्पणी

22

फागुन; १२-पर्वत/जलजला गाउँपालिकाका प्रमुख तथा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले मुलुकमा दिनप्रतिदिन हत्या; हिंसा र आपराधिक क्रियाकलाप बढ्दै गएपनि सरकार निरीह भएको वताउनु भएको छ ।
नेपाली काँग्रेसका युवा नेता मल्लले प्रमुख अतिथिका रूपमा आईतवार प्रथम राष्ट्रिय मगर महोत्सबलाई सम्बोधन गर्दै दुईतिहाईको बहुमत प्राप्त सरकार ईतिहासकै कमजोर र निरीह भएको वताउनु भएको हो ।

अध्यक्ष मल्लले वर्तमान सरकारले जनतालाई संघीयताको अनुभूति दिन नसकेको उल्लेख गर्दै यही अवस्था विद्यमान रहेमा लोकतान्त्रिक गणतन्त्रप्रति नागरिकको विश्वास र भरोषा गुम्ने दावी गर्नुभयो । ‘ आम नागरिकले जुन अवसर र अधिकार प्राप्त गर्ने अपेक्षा गरेका थिए त्यो अवसर र अधिकार दिन सकिएन; यही अवस्था रहे विद्रोह हुने खतरा रहन्छ ।’- मल्लले भन्नुभयो ।

अध्यक्ष मल्लले देशमा भ्रष्ट्राचार बढेको; महंगीले सीमा नाघेको; अपराध बढेको र समाज असुरक्षित हुँदै जाँदा समेत सरकारले कुनैपनि अपराधीलाई समातेर कार्वाही गर्न नसक्नु दुखद पक्ष भएको उल्लेख गर्दै जनतालाई न्यायको अनुभूति दिन सरकारसँग माग गर्नुभयो । उहाँले कुरामा भन्दा काममा ध्यान दिन ओलि सरकारलाई सुझाव समेत दिनुभयो । ‘ यो भाषण र गफ गर्ने बेला होइन; काम गरेर समृद्धि प्राप्त गर्ने समय हो; संविधानले दिएका अधिकारमाथि कसैले हस्तक्षेप नगरौं देश बन्छ ।’- अध्यक्ष मल्लले भन्नुभयो ।

एक अर्को प्रशंगमा अध्यक्ष मल्लले देशभर ७ दशमलव १४ प्रतिशत जनसंख्या ओगटेको मगर समुदाय कला र संस्कृतिमा समेत निकै धनी रहेको उल्लेख गर्दै मगर जातीको कला र संस्कृतिलाई संरक्षण गर्न गाउँपालिका र अाफ्नो तर्फबाट सँधै सहयोग गर्ने प्रतिवद्घता जनाउनु भएको थियो ।

पुन युवा क्लवका अध्यक्ष कृष्ण पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकाल; नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका संयोजक शिव शर्मा अधिकारी; नेपाली काँग्रेस पर्वतका जिल्ला कार्य समिति सदस्य डा चूडामणि शर्मा; कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मी; नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी; नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष ओमप्रसाद घायल; नेपाल निजामति कर्मचारी युनियन संघका जिल्ला अध्यक्ष यमप्रसाद शर्मा; जलजला गाउँपालिकाका सल्लाहकार यम शर्मा पौडेल र नेपाली काँग्रेसका क्षेत्रीय सहसचिव जीत पुन कान्छा लगायतको सहभागिता थियो ।

कार्यक्रममा चर्चित गायिका ज्योति मगर; कृष्ण सुवेदी; कृष्ण अखेली र चित्रसागर श्रेष्ठ लगायतका कलाकारहरूले आ-आफ्ना प्रस्तुतिहरू राखेका थिए । महोत्सव १४ गतेसम्म संचालन हुने अायोजकले जनाएको छ ।