गीतकार सुन्दर पन्तको नयाँ तीज गीत ‘कैलाशबाट हामी दुईको सेल्फी हानिदेउ’ सार्वजनिक

काठमाडौं /नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको अवसर पारेर गीतकार सुन्दर पन्तले नयाँ तीज गीत ‘कैलाशबाट हामी दुईको सेल्फी हानिदेउ’ हालै युट्युवमा सार्वजनिक भएको छ । उक्त गीत तीजको सन्देशमुलक चेतनायुक्त, विविध सांस्कृतिक पक्षका साथै नारीवादीको भावनाका साथै पारिवारिक परिवेशलाई समेटेर प्रस्तुत गरिएको छ ।

सुन्दर पन्तको शव्द, सुवर्ण श्रेष्टको संगीत रहेको सीमरन परियार र सुन्दर हाङ राईको सुमधुर स्वरमा सुसज्जित तीजको सन्देशमुलक गीत रेकर्डिङ हरि सायमी तथा संगीत संयोजन र मिक्स-मास्टरिङ राजिव शाहले गरेका हुन् । गीत स्ट्रीङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

तारावीर पाण्डेको निर्देशन गीतको भिडियोमा पवित्रा आचार्य (पाओला) र प्रकाश जंग कार्कीले अभिनय रहेको छ । सुनील राउतको छायांकन रहेको भिडियोमा पवित्रा आचार्यकै कोरियोग्राफी रहेको छ । सुशील डाँगीले सम्पादन तथा कलरिङ, निशान एसकेले ग्राफिक्स र रियोन महतले स्टिल फोटोग्राफी तथा श्रृंगार सोम मग्रातीले गरेका छन् ।

वरिष्ठ गायक तथा संगीतकार तारावीर पाण्डेको निर्देशनमा तयार भएको उक्त भिडियो भिडियोमा पवित्रा आचार्य (पाओला)ले कोरियोग्राफी गरेका छन् । उक्त गीत तीजसँग जोडिएका सांस्कृतिक, पारिवारिक र नारी संवेदना तथा चेतनामुलक रुपमा प्रस्तुत गर्ने प्रयास गरेको निर्माता कविता पन्तले बताइन् ।