मंसीर २७,पर्वत/ कुश्मा नगरपालिका–१ पाङबाट बागलुङ नगरपालिका –१ रामरेखा जोड्ने मुलुककै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि अर्थमन्त्रालयले सहमति दिएसागै पुल निर्माणको काम सुरु भएको हो । पाँचसय ६७ मिटर लामो र एक सय ६० मिटर अग्लो पुल निर्माणका लागि आवश्यक प्रविधि खरिदका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेपछि पुल निर्माणको प्रक्रिया अगाडि बढेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रमुख कुमार थापाले बताउनुभयो ।
२०५९ सालदेखि पुल निर्माणको चर्चा चलेपनि लामो दुरी भएकाले लठ्ठा तान्न समस्या हुने भन्दै अध्ययन प्रक्रियामै रोकिएको थियो । बागलुङ नगरपालिकाले उक्त स्थानमा पुल बनाउाने सक्रियता देखाएसागै सस्पेन्सन ब्रिज डिभिजनले पुन: सर्वे गरेर पुल निर्माणको कामलाई अगाडि बढाएको थापाले बताउनुभयो । तीन महिना अगाडि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले पुन: सर्वेक्षण गरी पुल निर्माणमा आवश्यक लठ्ठा तान्ने मेसिन खरिदका लागि अर्थ मन्त्रालयसाग बजेट माग गरेको थियो ।
अर्थ मन्त्रालयले चिनियाा प्रविधिको लठ्ठा तान्ने मेसिन खरिद गर्न ४० लाख रुपिया बजेट स्वीकृत गरेपछि पुल निर्माणको प्रक्रिया सुरु भएको प्रमुख थापाले बताउनुभयो । बागलुङ बजारदेखि नजिकै देखिने पाङको अदुवावारीसम्म पुग्नका लागि ठूलो खोंच क्रस गरेर हिड्नेपर्ने बाध्यताको अन्त्य गर्नका लागि पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो






