मंसीर २४, पर्वत/गाउँको विद्यालयमा विद्युतका कारण समस्या भएको छ । जिल्लाको फलेवास नगरपालिका ३ नुवार स्थित जनसहयोगी माविमा विद्युतको सुविधा नहुँदा विद्यालयमा दाताले दिएको कम्प्युटर बेकामे बनेका छन् भने दैनिक प्रसासनिक कामकाजमा समस्या भएको छ । बिद्यालयका भवन हेर्दा सुविधासम्पन्न छन् । दाताले दिएका कम्प्युटर पर्दाले ढाकेर राखिएको छ । विद्लायलमा विजुलीको पोल गाडेको पाँच वर्ष भयो । पोलबाट नजिकैका घरहरुले तार तानेर घरमा विजुली बालेका छन् । तर, विडम्वना विद्यालयमा विद्युत छैन ।
वि.स २०२८ सालमा स्थापना भएको उक्त विद्यालयमा अहिलेसम्म विजुली जोडिएको छैन । उक्त विद्यालयमा २ सय ५० भन्दा बढि विद्यार्थी अध्ययरत छन । विद्यालयमा विजुली जोड्नको लागि केही बर्ष पहिला देखि प्रयास गरिएको भएपनि आर्थिक अभावका कारण विद्युत जोड्न नसकिएको प्रधानाध्यापक गणेशबहादुर थापाले जानकारी दिनुभयो । विद्यालयकै आँगनमा गाडेका विजुलीका पोल हेरेर चित्त बुझाउनुपरेको थापाले बताउनुभयो ।






