महाशीलामा बाँदर नियन्त्रणका लागि ३० लाख खर्च

कात्तिक १४ पर्वत/ महाशीला गाउँपालिकाले चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरी बाँदरनियन्त्रण अभियान सञ्चालन गरेको छ । अभियान सञ्चालन गरी झन्डै तीन सय नियन्त्रणमा लिएपछिपर्वतका बाँदरपीडित कृषक खुसी भएका छन् ।

गाउँपालिकाभित्रका वडाहरूमा बाँदरले कृषकको बाली खाइदिने तथा नष्ट गर्ने समस्याबाट पीडित भएपछिअभियान सञ्चालन भएको थियो । बाँदर नियन्त्रण अभियान सफल भएपछि कृषक तथा सर्वसाधारणखुसी भएका छन् । गाउँपालिकाका एक हजार सात सय ८२ मध्ये एक हजार घरधुरीका बासिन्दा बाँदरबाटपीडित भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताए ।

अभियान सञ्चालन भएपछि कृषकहरूलाई ठूलो राहत मिलेको महाशीलाका प्रवक्ता जीवन उच्चै ठकुरीलेबताउनुभयो । अघिल्लो वर्षसम्म बाँदर आतंकको गुनासो गर्दै आउने कृषकहरू पनि अहिले खुसीका साथअन्य सेवाका लागि वडा र गाउँपालिकामा धाउने गरेको उनले बताए । ‘पहिला–पहिला गाउँपालिका रवडाहरूमा केही काम लिएर कृषकहरू आउँदा पनि पहिलो गुनासो बाँदर आतंककै हुन्थ्यो,’ उनले भने, ‘अहिले भने अभियानप्रति सन्तुष्टि व्यक्त गर्ने गरेका छन् ।

बाँदर आतंकले गाउँ छोडेका किसान अहिले गाउँ फर्किन थालेको महाशिला २ भोक्सीङका वडाध्यक्षविष्णुबहादुर रानाले बताउनुभयो । वाँदरले बाली नष्ट गर्ने भएकाले धेरैले खेतीपाती गर्न छाडेका थिए ।भोक्सिङ आलुखेतीका लागि प्रख्यात मानिन्छ । महाशीला गाउँपालिकाले बाँदर समात्नका लागि भारतबाटपाँचजनाको टोली ल्याएको छ । एउटा बाँदर समातेको दुई हजार रुपैयाँ दिने गरी सम्झौता गरेको कार्यकारीअधिकृत किसन क्षेत्रीले बताउनुभयो । गाउँपालिकाले वन्यजन्तुविज्ञसँग समन्वय गरी बाँदरलाई नियन्त्रणगर्दै आएको छ ।

अहिले बाँदर नियन्त्रण गरी राख्नका लागि निर्माण गरिएको खोरमा करिब तीन सय बाँदर संकलन गरिएकोगाउँपालिकाका अध्यक्ष पौडेलले बताउनुभयो । बजेट बनाउनुअघि वडामा भएका छलफल कार्यक्रममाकृषकहरूले बाँदरबाट पीडित भएको गुनासो गर्दै बाँदर नियन्त्रण अभियान सञ्चालन गर्न माग गरेपछिगाउँपालिकाले अभियान सञ्चालन गरेको थियो ।

‘सबै वडामा बाँदर आतंक बढेको भन्दै जनप्रतिनिधिले नियन्त्रणका लागि हस्ताक्षरसहित गाउँसभामासंकल्प प्रस्ताव पेस गरेका थिए,’ अध्यक्ष पौडेलले भने, ‘गाउँसभामा बाँदर नियन्त्रणको संकल्प प्रस्तावशतप्रतिशतले पारित गरी सो अभियान अघि बढेको हो ।’ अभियानले सार्थकता पाएको पौडेललेबताउनुभयो ।