गाउँपालिकाद्वारा मुस्ताङ्गी च्याङ्ग्रालाई प्रतिगोटा ३० रुपैयाँ कर

असोज, २१, पर्वत/दशैं बजारलाई लक्षित गरी ब्यापारीहरुले मुस्ताङ्गी चेलुक र च्याङ्ग्रा ओराल्न थालेसँगै अन्नपूर्ण गाउँपालिकाले प्रति चेलुक र च्याङ्ग्रालाई ३० रुपैयाँ कर असूल्न थालेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई खसी, बोका, चुलुक, च्याङ्ग्रा, राँगा र कुखुरामा कर नउठाउन बिहीबार दिएको निर्देशन अवज्ञा गर्दै अन्नपूर्ण गाउँपालिकाले ढाट राखेर कर असूली जारी राखेको छ । साविक भुरुङ्ग तातोपानीले वर्षै अघिदेखी नै गाउँपालिकाले खसी, बोका, चुलुक, च्याङ्ग्रा, राँगा र कुखुरामा कर उठाउँदै आएको थियो । यस वर्ष गाउँपालिकाले ७ लाख ३ सय रुपैयाँ कर उठाउने ठेक्का दिएको हो’ अन्नपूर्ण गाउँपालिका, २ का वडाध्यक्ष ओम फगामी मगरले टेण्डर लिएपछि ठेकदारले कर उठाउनु स्वभाविक रहेको वताउनुभयो ।

दशैंका लागि व्यापारीहरुले मुस्ताङ्गबाट शुक्रबारदेखी पहिलो खेप म्याग्दीबाट पोखरा तर्फ हिँडाएका छन् । मुस्ताङ्गी चेलुकरच्याङ्ग्रालाई ब्यापारीहरुले हिँडाएर बेनी ल्याई ट्रकमा राखेर पोखरा, काठमाण्डौ समेत सहरी क्षेत्रमा लैजान थालेका हुन् । केही ब्यापारीले भने अन्नपूर्ण गाउँपालिका, ६ पोखरेबगरबाट घार–घोडेपानी–विरेठाँटी हुँदै हिँडाएर पोखरा तर्फ लगेका छन् । खसी ब्यापारी ओम पुनका अनुसार यस वर्ष मुस्ताङ्गबाट अघिल्ला वर्षभन्दा २ हजारबढी खसी कम झरेका छन् । मूल्यपनि यस वर्ष बढेको छ । ‘मुस्ताङ्गको खसी बजारमै मूल्य बढेकोले यस वर्ष रोजा च्याङ्ग्रा २६ हजार, चलुक २२ हजार, भेडी १५ हजार, बाख्री १० हजार मूल्य तोकिएको छ’ खसी ब्यापारी ओम पुनले भन्नुभयो, ‘मुस्ताङ्गको घाँसाको कर हटेपनि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले महंगो कर असूली रहेको छ ।

बाटोमा तिर्ने सबै कर खसीको मूल्यमा जोडिने हुँदा मारमा उपभोक्ता नै पर्छन ।’ बेनी–जोमसोम सडकमा कागवेनीमा सोह् श्राद्ध गर्न र मुक्तिनाथ दर्शन गर्न उकालिएका तीर्थयात्री र दशैं बजार लक्षित चेलुक–च्याङ्ग्राको बथानले बेनी–जोमसोम सडकको रौनक नै फेरिएको छ । कृषकले सोह्श्राद्धको तिथीदेखी नै देखि मुस्ताङ्गका घमि, चराङ्ग, लोमान्थाङ्ग, छोसेर डोल्पाको छर्काभोट तथा तिब्बती क्षेत्रबाट चेलुकरच्याङ्ग्रा ल्याई जोमसोममा खसी बजार चलाउने गर्छन । ब्यापारीहरुले त्यही खसी ब्यापारबाट खरिद गरी ल्याउने गर्छन । केही कृषकले आफै सोझै उपभोक्ता बजारसम्म ल्याउने गर्छन ।