नगर शिक्षा शाखाले विद्यालयहरुको अनुगमनलाई तिब्रता दिन थाले पछि शिक्षामा सुधार

असोज, २१, पर्वत/कुश्मा नगर शिक्षा शाखाले सामुदायिक र निजी स्रोतका विद्यालयहरुको अनुगमनलाई तिब्रता दिन थाले पछि शिक्षामा सुधार आउन थालेको छ । कुश्मा नगरपालिकामा ६७ वटा सामुदायिक विद्यालय र १४ वटा निजि स्रोतबाट सञ्चालनमा रहेका विद्यालय रहेका छन् ।

नगर शिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्री,स्रोत ब्यक्तिहरु सहित विषय शिक्षकहरु अनुगमनमा यहाँका १४ बटा वडाका विद्यालयहरु नियमित जाने गरेका छन् । संस्थागत विद्यालयहरुमा अनुगमन गर्दै मासिक शुल्क,पाठ्यक्रमको प्रकार,लेखा परिक्षण,व्यवस्थापन समिति,विद्यार्थीहरुको नतिजा मुल्याङकन लगायतका शिर्षकहरुमा अनुगमन गरेका छन् । यस्तै,सामुदायिक विद्यालय तर्फ पनि विद्यालयका विद्यार्थीहरुको पढा्ई,कक्षा अवलोकन जस्ता क्रियाकलापहरुको अवलोकन गर्ने गरिएको छ । छड्के अनुगमन र नियमित अनुगमनले विद्यालयको कमजोरी सुधार्न सहयोग बनेको नगर शिक्षा अधिकृत क्षेत्रीले बताउनुभयो ।

कुस्मा नगरपालिकाको शिक्षा शाखामा भने पर्याप्त मात्रमा बजेट विनियोजन नहुदाँ शिक्षा क्षेत्रले सोचे अनुसार प्रगति हासील गर्न नसकेको गुनासो भने आउने गरेको छ । यहाँका धेरै जसो सामुदायिक विद्यालयहरुमा ई.सि.डी कक्षाहरु,अगं्रेजी माध्यमका कक्षाहरु सुरु भईसेकेका छन् । यहाँ ई.सि.डी कक्षाका शिक्षकहरुको पारिश्रमिक वढाउँने र शिक्षकको दरवन्दी शिघ्र मिलान नगर्दा समस्या भएको गुनासो कुस्मा १४ आर्थर डाँडखर्कको पञ्चकोशी माविका प्रधानाध्यापक अर्जुन शर्माले गर्नुभयो । प्रअ शर्माले सामुदायिक विद्यालयले पनि राम्रो गर्न सक्छ भन्ने सन्देश दिन लागि परेको अवस्थामा समस्याहरु सुनुवाई नहुँदा समस्या भएको बताउनुभयो । पञ्चकोशी मावि आर्थरले सञ्चालन गरेको इ.सि.डि कक्षामा छोराछोरी अध्यापन गराउँन अभिभावको विश्वास वढ्दै गएको शर्माले बताउनुभयो ।

कालिका मावि खुर्कोटले आफ्नो ५ कोठे भवन वनाउँन लागेको छ । प्रधानध्यापक बाबुराम शर्माका अुनुसार कुस्मा नगरपालिका र नगरशिक्षा शाखाले आर्थिक सहयोग गरिदिने तर्फ ध्यानदिन अनुरोध गरेका छन् । उक्त विद्यालयले पनि शैक्षिक स्तरमा राम्रो नजिता हासिल गरेको छ । हाल यहाँका सामुदायिक विद्यालयहरुले संस्थागत विद्यालयहरु संग प्रतिस्पर्धा गर्न थालेका छन् । सामुदायिक विद्यालयले संस्थागत विद्यालय सरहको पठ्नपाठनलाई सिको गरेका छन् । भने,संस्थागत विद्यालयहरुले आधुनिक र वैज्ञानिक स्तरको पढाईको सुरुवात गर्न खोजेका छन् ।

नगरशिक्षाले समयसमयमा शिक्षकहरुको क्षेमता वृद्धि गर्न तालिमको समेत आयोजना गरेको छ । कुस्मा ठुलीपोखरीको जनता सुदर्शन माविका शिक्षाक आन्नद रिमालले तालिम पटक पटक दिदाँ शिक्षक शिक्षिकाको क्षमतामा सुधार आएको वताउनुभयो । कुस्मा नगरपालिका अन्तर्गतका केहि विद्यालयहरुमा थोरै विद्यार्थी धेरै शिक्षक रहेका छन् । विद्यालय मर्जको सुरुवात गर्ने समेत नगर शिक्षा शाखाले योजना वनाएको छ । विद्यालयहरुमा खाजा कार्यक्रमले पनि शिक्षामा गुणस्तर बृद्धि गरेको जानकारहरु बताउँछन् ।