पैयुँ गाउँपालिकाको १३ औँ गाउँ सभा सम्पन्न

पर्वत/जिल्लाको पैयुँ गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न भएको छ । ‘आधुनिक कृषि, प्रविधि, पर्यटन र पूर्वाधार–पैयुँबासीको समृद्धिको आधार’ भन्ने मुल नाराका साथ गाउँ सभा सम्पन्न भएको हो । पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ ले पानसमा दिप प्रज्वलन गरि सभाको उद्घाटन गरेका थिए । गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका क्रियाकलापहरुको बारेमा समीक्षा गर्दै गाउँपालिकाको गाउँ सभा सम्पन्न भएको हो । पालिकाको गाउँ सभामा स्वीकृत कार्यक्रमहरुको प्रगती समीक्षा, नीति तथा कार्यक्रम र कमीकमजोरीहरु पहिल्याउने र निराकरण गर्ने रणानीतिहरु बनाउँदै कार्यक्रम सम्पन्न गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ई. राजीव रिमालले गाउँसभामा विभिन्न प्रस्तावहरू पारित गर्दै १३ औँ गाउँ सभा सम्पन्न भएको जानकारी दिए । उनले विभिन्न योजना तथा कार्यक्रमहरुको संशोधन र रकामन्तर सम्बन्धि प्रस्ताव पारित गरेको बताए । गाउँ सभामा हालसम्म बनेका नियमावली, कार्यक्रम र योजनाका भुक्तानी सम्बन्धि निर्णयहरुको अनुमोदन गरिएको छ । त्यस्तै हालसम्मको आयव्यय विवरण अनुमोदन गरिएको प्रमुख प्रशासकिय अधिकृत रिमालले बताए । गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्षज्यूहरु, कार्यपालिकाका सदस्यज्यूहरु, वडा सदस्यज्यूहरु लगायत विभिन्न व्यक्तिहरुकोे उपस्थिति रहेको थियो ।