ज्येष्ठ नागरिकलाई निशुल्क धार्मिक भ्रमण गराउने जलजला गाउँपालिकाको निर्णय

पर्वत/जलजला गाउँपालिकाले जेष्ठ नागरिकलाई निशुल्क धार्मिक भ्रमण लैजाने निर्णय गरेको छ । बागलुङको पञ्चकोटमा बुधबारवाट सुरु भएको अनन्त श्री ब्रमान्डीय महायज्ञमा जान चाहने जेष्ठ नागरिकहरुलाई निशुल्क धार्मिक भ्रमण गराउने भएको हो ।

मंगलबार बसेको कार्यपालिका बैठकले ९ वटै वडाका ७० वर्ष माथीका जेष्ठ नागरिकलाई पञ्चकोट भ्रमण लाने निर्णय गरेको थियो ।

भ्रमणमा जान चाहने ७० वर्ष उमेर पुगेका नागरिकको विवरण तयार गरी फागुन १३ गते भित्र पालिकामा पठाउन सबै वडा कार्यालयलाई परिपत्र गरेको छ । फागुन १६ गते वडा भित्रका करिव एक हजार जेष्ठ नागरिकलाई पञ्चकोट भ्रमण गराउने जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताउनुभयो ।