प्रजातन्त्र दिवस : नेष्डो नेपाल लगायतका संस्थाहरुद्वारा कारागार र अस्पतालमा विभिन्न सामाग्री सहयोग

पर्वत/७४औं प्रजातन्त्र दिवसको अवसरमा पर्वत जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । एक सय चार वर्ष लामो जहानिय राणशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष फाल्गुण ७ गतेलाई राष्ट्रिय प्रजातन्त्र दिवसको रुपमा मनाउदै आईएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेष्डो नेपाल, रोटरी क्लव अफ पर्वत लगायतका सामाजिक संघसंस्थाद्वारा जिल्ला कारागार शाखाका कैदी वन्दीलाई विभिन्न सामाग्री प्रदान गरिएको छ । यसरी प्रदान गरिएका सामाग्रीहरुमा एक थान टेलिभिजन, १ थान वाटर डिस्पेन्सर, २ थान भलिवल, १ थान नेट, २ थान तौल नाप्ने मेशिन, १ थान पँखा र २ थान व्याडमिन्टन सेट लगायतका सामाग्रीहरु रहेका छन् । सामाग्री वितरण कार्यक्रममा अध्यक्षको आसनवाट वोल्दै नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले देशमा विद्यमान उपलव्धी प्रजातन्त्रको देन भएको भन्दै कैदी वन्दीहरुको मानव अधिकारको सम्मानको लागि सामाग्री प्रदान गरिएको वताउनु भयो । उहाँले आफ्नो सहयोगमा राज्य र कुनै दातृ निकायको स्रोत नरहेको भन्दै दुःखले जोहो गरेको स्रोत साधन प्रजातन्त्र दिवसमा खर्चिन पाएकोमा खुशी व्यक्ति गर्नु भयो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले कारागारका कैदी वन्दीहरुलाई प्रजातन्त्र दिवसको अनुभुभती दिलाउन नेष्डो नेपाल लगायतका सामाजिक संघसंस्थाहरुले टेलिभिजन सहित खेलकुद सामाग्री प्रदान गरेकोमा खुशी व्यक्त गर्दै यसवाट कैदी वन्दीहरुमा प्रजातन्त्र दिवसको अनुभती हुने वताउनु भयो ।

कार्यक्रममा पर्वत उद्योग वाणिज्यका अध्यक्ष गोपी अधिकारी, लोकतान्त्रिक उद्योग व्यापार संघका अध्यक्ष शिव शर्मा पौडेल, जिल्ला कारागार शाखाका सुचना अधिकारी निर्मल पौडेल लगायतले प्रजातन्त्र दिवसको वारेमा मन्तव्य राख्नु भएको थियो ।

यसै गरी प्रजातन्त्र दिवसको अवसरमा नेष्डो नेपालको आयोजनामा पर्वत जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको छ । फलफुल वितरण पुर्व संक्षिप्त प्रमुख आतित्यि मन्तव्य राख्दै पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले नेष्डो नेपाल, रोटरी, इनरह्वील तथा रोट्याक्ट लगायतका संस्थाहरुले अस्पताललाई नियमित रुपमा सहयोग गर्दै आएको वताउनु भयो । उहाँले अस्पतालको सेवाको गुणस्तरीय अभिवृद्धिमा आँफू लागि गरेको भन्दै दैनिक २ सय भन्दा वढि विरामीले वहिरङ्ग सेवा लिने गरेको वताउदै सेवालाइ प्रभावकारी वनाउन सामाजिक संघसंस्थाहरुसग सहकार्य जरुरी रहेको वताउनु भएको छ ।

नेष्डो नेपालको आयोजना, रोटरी क्लव अफ पर्वत, इनरह्वील क्लव अफ पर्वत, रोट्याक्ट क्लव अफ पर्वत, रोट्याक्ट क्लव अफ पर्वत पोखरा तथा समृद्ध समूहमा आवद्ध विभिन्न संघसंस्थाको सहकार्यमा सम्पन्न दुवै कार्यक्रम नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको अध्यक्षता, रोटरी क्लव अफ पर्वतका अध्यक्ष योगराज गिरीको स्वागत एवम् रेडियो समृद्ध नेपाल ९२ मेगाहर्जका स्टेशन म्यानेजर उत्तम प्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न भएको समृद्ध सहकर्मी इश्वरी प्रसाद शर्माले प्रेषित गरेको समाचारमा जनाइएको छ ।

यसै गरी ७४औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पर्वत जिल्लामा अन्य विभिन्न निकायवाट विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइएको खवरहरु प्राप्त भएका छन् । जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा विहान कुश्मावजार स्थित सहितचोकमा रहेको शहिद गोविन्दनाथ शर्माको शालिकमा पुष्पअर्पण गरिएको छ भने कुश्मा नगरपालिकाले विहानै देखी नगरवासीको निशुल्क रक्त परिक्षण शिविरको आयोजना गरेको छ । उता जिल्ला पशु सेवा कार्यालयले निशुल्क पशुहरुको जाँच तथा खोप प्रदान गरेको छ भने जिल्लाका फलेवास नगरपालिका, जलजला, मोदी, विहादी, पयुँ र महाशिला गाँउपालिकामा पनि दिपप्रज्वन गरी प्रजातन्त्र दिवस मनाउने कार्यक्रम रहेको छ ।