पर्वत/जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पर्वतका कार्यालय प्रमुख विष्णुहरि अधिकारी गण्डकी प्रदेश सरकारबाट प्रदान गरिने निजामती पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । कार्यालय प्रमुख अधिकारीलाई यसबर्षको उत्कृष्ट प्रदेश निजामती पुरस्कार प्रदान गरिएको हो । यसका साथै प्रदेश सरकार अन्तर्गतको पर्वत जिल्ला स्थित जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पर्वत जिल्लाको उत्कृष्ट कार्यालयका रूपमा पुरस्कृत भएको छ । गण्डकी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख अधिकारीलाई उत्कृष्ट निजामती पुरस्कार र कार्यालयलाई उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत गरिएको हो ।
कार्यालयले गरेको कार्य सम्पादनको आधारमा कार्यालय प्रमुख अधिकारी र कार्यालयलाई उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत गरिएको हो । उत्कृष्ट कार्यालय घोषणा भएसंगै कार्यालय प्रमुख विष्णहरी अधिकारीले कार्यालयबाट प्रदान गरिने सेवालाई अझै छिटो, छरितो, गुणस्तरिय र नागरिकमैत्री बनाउनुपर्ने दायित्व थपिएको वताउनु भएको छ । उहाँले सरोकारवाला सबैको अर्थपूर्ण साथ र सहयोगको थप अपेक्षा गरेको पनि वताउनु भयो ।







