दुर्घटना न्यूनिकरण गर्न चालकलाई सचेतना कक्षा

असोज १९,पर्वत/ ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरण गर्न चालकलाई सचेतना कक्षा सञ्चालन गरेको छ । आज जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बोलाएर चालकलाई सचेतना तालिम दिएको हो ।

ग्रामीण रुटमा चल्ने जीपचालकहरुलाई क्षमता भन्दा बढि यात्रु नराख्न, बढि भाडा नअसुल्न, सवारीसाधनको नियमित मर्मत गर्न, ट्राफिक नियमको पालना गर्न सचेत गराउँदै तालिम सञ्चालन गरेको हो । ५० जना चालकहरुलाई भेला गरि तालिम सञ्चालन गरिएको ट्राफिक प्रहरी प्रमुख महेन्द्र रानाभाटले जानकारी दिनुभयो । उहाँले दशैँ तिहारमा सवारीसाधानहरुमा कोचीकोची यात्रु चढाउने समस्या देखिने गरेकाले त्यसलाई रोक्न चालकहरुलाई पहिल्यै सचेत गराइएको बताउनुभयो ।

रानाभाटका अनुसार सडक दुर्घटनाका बारेमा चालहरुको अनुभव समेत लिइएको थियो । चालकहरुले सडक मर्मत नहुँदा दुर्घटना बढेको बताएका छन् । अहिलेसम्म वर्खामा विग्रिएका सडक मर्मत नहुँदा सवारी चलाउन समस्या भएको सवारीचालकहरुले बताए । उनीहरुले प्रहरीले नियम उलंघन गर्नेलाई कारवाहि नगरेर नियम मान्नेहरुलाई दुख दिन नहुने बताए । जिल्ला भित्र मात्रै चल्ने सवारीका चालकहरुलाई मदिरा सेवन गरि सवारी साधान नचलाउन समेत अनुरोध गरिएको प्रहरीले जनाएको छ । नियम मान्नेलाई प्रहरीले कारबाहि नगरेको प्रहरी प्रमुख रानाभाटले वताउनुभयो । नियम पालना गराउनै प्रहरी सेवामा जुटेको भन्दै नियमानुसार सवारीसाधान चलाउनेलाई प्रोत्साहन गर्दै आएको उहाँले बताउनुभयो ।