ट्राफिक प्रहरी कार्यालय पर्वतद्वारा सवारी चेकजाँचमा कडाइ

असोज १६,पर्वत/जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले पछिल्लो समयमा सवारी चेकजाँचमा कडाइ गर्न थालेको छ । नजिकिदै गरेको बडा दशै तथा तिहारको समयमा हुने दुर्घटनाको जोखिमलाई कम गर्न सवारी चेकजाँच कडाई पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वत सहायक निरिक्षक रामकृष्ण गौलीले जानकारी दिनुभएको छ ।
जिल्लाका अन्य ग्रामिण रुटहरुमा समेत सवारी साधन चेकजाँचमा कडाइ पारिएको उहाँकोे भनाई छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउने, बसमा क्षमता भन्दा बढि यात्रु तथा सामान बोक्ने, ब्लुबुक बिना सवारी सञ्चालन, बिना हेलमेट मोटरसाइकल सञ्चालन र ओभरटेक लगायतका गलत प्रवृतिका कारण सवारी दुर्घटना हुन सक्ने भन्दै ट्राफिक प्रहरीले सक्रियता बढाएको गौलीले बताउनु भयो ।
चाडपर्वको समयमा नियम बिपरित सवारी साधन सञ्चालन गर्ने गाडी धनी तथा गाडी चालकलाई कानुन बमोजिम कार्वाही गर्ने समेत उहाँको भनाई छ । प्रहरीले पछिल्लो समय ग्रामिण रुट चल्र्ने सवरी साधन माथि कडा निगरानी राखी कारवाही समेत गरेको जनाएको छ ।