असोज,१५,पर्वत/लुम्लेसकास्कीरनेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद अर्जुनप्रसाद जोशीले ओली सरकारका कारण लोकतन्त्र संकटमा परेको वताउनु भएको छ । केन्द्रीय सदस्य जोशीले नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टाको राष्ट्रिय बैठकलाई कास्कीको लुम्लेमा सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो । नेता जोशीले वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरू स्वयं हिँसास विनाश र अपराधको बाटो हिँडेर सिंहदरबार आएकोले उनीहरूबाट शान्तिस सुशासन र समृद्धिको अपेक्षा गर्नुनै दुर्भाग्य भएको दावी गर्नुभयो ।
नेता जोशीले ओली सरकारले जनतालाई उधारो सपनाको ललीपप देखाएर बहुमत प्राप्त गरेको उल्लेख गर्दै ७ महिनामै सपनाको मोह भंग भइसकेको वताउनु भयो । उहाँले वर्तमान सरकारले देश डुबाउन र लोकतन्त्र खतरामा पार्न लागेको टिप्पणी अहिले स्वयं कम्युनिष्ट पार्टीकै बरिष्ठ नेताहरूले सदनमा बोल्न लागेको वताउँदै यो सरकार आफ्नै कारणले छिट्टै समाप्त हुने दावी गर्नुभयो । नेता जोशीले निजामती कर्मचारीहरू राष्ट्र र जनताका सेवक भएकोले उनीहरूलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण सिर्जना गर्नुको सट्टा आस्थाका आधारमा कर्मचारीहरूलाई आतंकित पार्न खोजेको वताउँदै आस्थाका आधारमा सरकारले गरेको अन्यायको विरुद्ध चुप लागेर नबस्न र सिंहदरबार घेर्न सबै कर्मचारीहरूलाई सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले दुईतिहाइ बहुमत प्राप्त गरेको कम्युनिष्ट सरकारसँग ७र८ महिनामै नेपाली जनताहरू अत्तालिइ सकेको वताउँदै यो सरकार शान्तिस समृद्धि र सुशासन दिनबाट असफल भइसकेको दावी गर्नुभयो । सभापति केसीले दुइतिहाइको दम्भमा ओली सरकारले उत्ताउलो शासन शुरू गरेको उल्लेख गर्दै यही दम्भ र अहंकारले सरकारको आयु छोटिँदै गएको वताउनु भयो । उहाँले पार्टी संगठनलाई परेको संकट र अफ्ठ्यारोमा निजामती कर्मचारीहरूले देखाएको त्याग र साहसलाई पार्टीले सँधै उच्च सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा ।
कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले काँग्रेस पार्टी र कर्मचारी युनियन सघका साथै पशु स्वास्थ्य सेवा प्राविधिक संघबीच नङ र मासुको जस्तै सम्बन्ध रहेको वताउँदै पार्टीलाई संकट पर्दा कर्मचारीले र कर्मचारीलाई अफ्ठ्यारो पर्दा पार्टीले सहयोग गर्न तयार हुनुपर्नेमा जोड दिनुभएको थियो । सोही कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक शिव शर्मा अधिकारीले नेकपाको सरकारले लोकतन्त्रमा आस्था राख्ने कर्मचारीहरूलाई देशैभरि लखेटिरहेको वताउँदै त्यसकाविरूद्ध डटेर सामना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । केन्द्रीय उपाध्यक्ष अधिकारीले देशमा लालबाबूको लाल आतंकसँग पनि नडराइकन काँग्रेसको संगठनलाई सुदृढ बनाउन समर्पित कर्मचारीहरूलाई पार्टी नेतृत्वले पनि उचित सम्मान र संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले वर्तमान कम्युनिष्टलसरकारले जतिसुकै अन्याय र अत्याचार गरेपनि आस्थामा अडिग भएर उच्च मनोबलका साथ काम गर्न सबै कर्मचारीहरूलाई सुझाव समेत दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका उपसभापति आईबहादुर गुरूङस क्षेत्रीय सभापति पोषनाथ शर्मास नेपाल निजामति कर्मचारी युनियन संघका पूर्व केन्द्रीय सदस्य किरणराज तिवारीस नेपाल निजामति कर्मचारी युनियन संघ पर्वतका अध्यक्ष यमप्रसाद शर्मा र नेपाल निजामति कर्मचारी युनियन संघ म्याग्दीका अध्यक्ष लिलानाथ पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघका राष्ट्रिय अध्यक्ष जनकबहादुर रावलको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन नेल्टाका महासचिव सुरेश श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य नेल्टाका बरिष्ठ उपाध्यक्ष एलवि शाहीले गर्नुभएको थियो । प्रजातन्त्रमा विश्वास गर्ने नेल्टामा अहिले करिव २२ हजार सदस्य रहेको र सबै जिल्लामा समिति गठन भई क्रियाशील रहेको आयोजकले जानाकारी दिएको छ ।






