पर्वत/आसन्न मंसीर ४ गते सम्पन्न हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेलाई भोट नदिने भन्दै अभिव्यक्ति दिने एकजना नागरिकलाई एमाले पर्वतका कार्यकर्ताहरूले कार्यक्रमस्थलमै हातपात गरेका छन् । अधिल्लो निर्वाचनमा पदम गिरीलाई भोट दिएको दावी गर्ने फलेवास – ५ खानीगाउँका कृष्ण सुवेदीले ‘यसपालि पदम गिरीलाई भोट दिन्नौ, बरू खाली छोडिदिन्छौ’ भनेपछि कार्यक्रमस्थलमा उपस्थित एमाले कार्यकर्ताहरूले उनलाई धकेलेर बाहिर लखेटेका थिए । प्राइमटाइम टेलिभिजनले आयोजना गरेको ‘मंसीर महासंग्राम’ कार्यक्रममा अन्य प्रशकर्तामाथिपनि एमाले कार्यकर्ताले अभद्र व्यवहार गरेका थिए । सुवेदीले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘बार्दली बा’को संज्ञा दिँदै गाली गरेपछि एमालेका कार्यकर्ताले बोल्न नदिई कार्यक्रमबाट लखेटेका हुन् । सुबेदीले नेकपा एमालेले काम भन्दा बढि गफ लगाउने काम गरेको आरोप लगाएका थिए ।
शुरुदेखि नै आक्रोशमा देखिएका सुबेदीले एमालेमा भक्तिगान गर्ने कार्यकर्ता मात्रै रहेको र आफ्ना अध्यक्ष केपी शर्मा ओलीको खराव कदमको अलोचना गर्ने आँट नहुँदा पार्टी सकिएको बताएका थिए । उनले भनेका थिए,‘ केपी ओलीले आलोपालो प्रधानमन्त्री बन्ने पूर्व योजना उलंघन गरे,’ आफैँ प्रधानमन्त्री भैरहने तर प्रचण्ड र माधव नेपाललाई दिन उनले किन मानेनन् ? प्रचण्डलाई बार्दली बा ले किन दिएनन् ? उनले एमालेका कार्यकर्तामा इमान्दारिता हराएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
‘फलेवास र ज्ञादीको कुलो राजाको पालामै बनेको हो,’ एमाले नेतृत्वले फलेवासमा केहि काम गरेको छैन,उनले भने, राजाको शासनदेखीका विकास आफुले गरेको भनेर प्रचार गर्न पाईन्छ ? सुबेदीले प्रश्न गरिरहँदा एमालेका कार्यकर्ताले माईक खोसेर प्रश्नकर्तालाई माईक खोसेर कार्यक्रम स्थलबाटै लखेटेका थिए । कार्यक्रममा प्रश्न गर्न नै नदिइ आफुलाई अपमानित तरिकाले निकालिएको सुबेदीले जानकारी दिएका छन् । फलेवास नगरपालिका खानीगाउँ निवासी सुबेदीले भनेका थिए,‘ २०७४ सालमा हाम्रै गाउँका विकास लम्साललाई भन्दा पदम गिरीलाई हामिले ४२ मत बढि दिएर पठाएको हो, अब बरु मतपत्र खाली राख्छौँ, पदम गिरीलाई भोट दिन्नौ । किनभन्दा उनी बार्दली बा को छाउरा हुन् ।’ यति भन्दाभन्दै नेकपा एमालेका महेन्द्र जोशी, अर्जुन पौडेल निर्जन दौडिँदै आएर प्रश्नकर्ता सुबेदीलाई थर्काउँदै र कुटपिट गर्दै कार्यक्रम स्थलबाट बाहिर निकालेका थिए । उनीहरुले यस्ता प्रश्न घरदैलो गर्न आउँदा सोध्नुपर्छ भन्दै
भिडियो अहिले सामाजिक सन्जालमा भाईरल भैरहेको छ । उक्त कार्यक्रममा एमालेको तर्फबाट प्रतिनिधीसभाका उम्मेदवार पदम गिरी र प्रदेश १ का उम्मेदवार भक्तबहादुर कुँवर सहभागी भएपनि अन्य दलका उम्मेदवार सहभागी भएका थिएनन् । नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी दक्षिणी पर्वतमा घरदैलोमा रहेको र कार्यक्रम शुरु हुनुभन्दा १५ मिनेट अगाडी मात्रै खबर पाएपछि आउन नसकेको बताए । अन्य उम्मेदवार पनि ढिलो खबर आएपछि कार्यक्रममा सहभागी हुन नसकेको बताए । कार्यक्रममा सहभागी प्रायजसो एमालेका कार्यकर्ता थिए । हेरौँ यो भिडियो






