काँग्रेस केन्द्रीय सदस्य आरजु देउवा र तरूण दलका अध्यक्ष विद्वान गुरूङ पर्वत आउँदै

पर्वत/नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवा यही असार ७ गते पर्वत आउनुहुने भएको छ । केन्द्रीय सदस्य देउवासहित नेपाल तरूण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरूङ पनि पर्वत आउने कार्यक्रम तय भएको छ । स्थानीय तहको निर्वाचन लगत्तै विभिन्न जिल्लाको राजनीतिक भ्रमणमा निस्किएकी देउवाले काँग्रेसको सांगठनिक अवस्था वारे काँग्रेस कार्यकर्तासँग अन्तरक्रिया गर्ने र नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिने कार्यक्रम रहेको नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले जानकारी दिनुभयो ।

नेपाली काँग्रेस पर्वतको आयोजनामा हुने कार्यक्रममा जिल्लाका सातै स्थानीय तहका जनप्रतिनिधिहरू, पार्टीका अगुवा कार्यकर्ता तथा तरूणहरूको सहभागिता हुने वताइएको छ । केन्द्रीय सदस्य आरजु देउवा र तरूण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङको ६ गते पोखरा, ७ गते पर्वत र ८ गते म्याग्दी तथा बागलुङका विभिन्न कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । स्थानीय तहको निर्वाचन लगत्तै यसअघि पार्टी उपसभापति पूर्णबहादुर खड्का पर्वत आइसकेका छन् ।