जलजलाका अध्यक्ष राजु आचार्य र उपाध्यक्ष दीपक आचार्य द्वारा पदभार ग्रहण

पर्वत/जिल्लाको जलजला गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदभार ग्रहण गरेका छन् । शुक्रबार सपथ लिए लगतै अध्यक्ष राजु आचार्यले पदभार ग्रहण गरेका हुन् । मुख्य निर्वाचन अधिकृतबाट सपद लिएका आचार्यले पदभार ग्रहण गरेसंगै उपाध्यक्ष र नगर सभाका सदस्यहरुलाई पनि सपग गराएका थिए । अध्यक्ष आचार्यले सपथ गराएसंगै उपाध्यक्ष दिपक आचार्यले पनि शुक्रबार नै पदभार ग्रहण गरेका छन् ।

अध्यक्ष आचार्य नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन भने उपाध्यक्ष आचार्य माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । पदभार ग्रहण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले अध्यक्ष र उपाध्यक्षलाई कार्यालयमा स्वागत गरेका थिए । पदभार ग्रहण पछि अध्यक्ष आचार्यले जलजला गाउँपालिकालाई सम्बृद्ध बनाउन आफूले विशेष प्रयास र पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।