पर्वत/परिबर्तनका सम्बाहक युवा युवाको एकता आजको आवस्यकता भन्ने नाराका साथ २०६४ सालमा स्थापना गरीएको एकता युवा क्लवले पूसे पन्ध्रम तमु लोसारको अबसर पारेर फलेबास नगरपालीका वडा नं ४ मुडीकुवाको चूरीका २५ घरका सवै दलित बस्तीमा ४० हजार बराबरको न्यानो कपडा बितरण गरेको हो।
पुसको कठ्याङग्रीदो जाडोमा गरिब परीवारको लागी वितरण गरेको यो न्यानो कपडाले राहत मिलेको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङग्रेस पर्वतका सह-सचिब तथा क्लवका पूर्व अध्यक्ष अच्युत तिवारीले वताउनुभयो। यसरी नै दिनदुखिको सेवामा निरन्तर खटिरहन समेत सबैलाई आग्रह गरे।
क्लवका अध्यक्ष बिजय चापागाईको अध्य्रक्षतामा सम्पन्न न्यानो कपडा बितरण कार्यक्रममा अद्यक्ष चापागाईले क्लव यस्तै सहयोगि दाताहरू संग सहकार्य गर्दै गाउगाउमा पु-याउने वताए । क्लवका सदस्य शिशिर शर्माको सम्योजकत्वमा रहेको कार्यक्रमको स्वागत क्लवका उपाध्यक्ष उषा चापागाईले गरेकी थिइन,भने स्थानिय सहजकर्ता छविलाल तिवारी क्लवका पूर्व अध्इक्ष हिमाल केसी सल्लाहकार दामोदर आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बिभिन्न दाताहरूसंगको सहयेग र आन्तरीक कोषबाट कार्यक्रम गरिएको क्लवका सचिब अमृत प्रसाद पोख्रेलले बताए । संयोजक शिशिर शर्माको धन्यवाद र कार्यक्रमको संचालन सचिब अमृत पोख्रेलले गरेका थिए।






