पर्वत/जिल्लाका सातवटा स्थानीय तहलाई प्रवासीहरुले झण्डै १२ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । अन्तराष्ट्रिय पर्वत समाजले स्थानीय तहलाई झण्डै १२ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । कोरोना महामारीको समयदेखि नै सहयोग गर्दै आएको समाजले गाउँगाउँमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन थालेपछि जिल्लावासीको स्वास्थ्य अवस्थालाई मध्येनजर गदै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि उक्त सामग्री सहयोग गरेको हो ।
गतबर्ष पर्वत अस्पताल सहित विभिन्न स्वास्थ्य संस्था र स्वास्थ्य चौकीमा सहयोग गरेको समाजले यसबर्ष जिल्लाका सातवटै स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ । कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि अग्रपङतिmमा खटिएका स्थानीय तहलाई आज जिल्ला प्रशासनको प्राङगढमा एक एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । जिल्ला स्थित फलेवास र कुश्मा नगरपालिका सँगै जलजला, मोदी, महाशिला, बिहादी र पैयुँ गाउँपालिकालाई एघार लाख ९७ हजार ५६० रुपैयाँ बरावरको स्वास्थ्य सामग्री वितरण गरेको अन्तराष्ट्रिय पर्वत समाजका महासचिव गुणराज शर्मा ‘गुँराश’ ले जानकारी दिनुभयो । उहाँका अनुसार समाजले ग्लोब्स (परिक्षण), सर्जिकल ग्लोब्स, हेण्ड सेनिटाईजर। डिजिटल थर्ममिटर, वि.पि सेट, सर्जिकल मास्क, फेस शिल, प्लस अक्सोमिटर, बेड टिसु, नसल क्यानुला अक्सिजन मास्क र स्टेचर लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
उक्त सामग्री जिल्ला कोभिड व्यवस्थापन समितिको संयोजक एवम् प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री सहित र अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार अर्जुनकुमार श्रेष्ठ, कानुनी सल्लाहकार केशवराज पुरी र पर्वत समाज यूएईका अध्यक्ष सरोज जिसी लगायतले पालिका प्रमुखहरुलाई हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण कार्यक्रममा बोल्र्दै प्रमुख जिल्ला अधिकारी खत्रीले संकटको बेला सहयोग गरेकोमा अन्तराष्ट्रिय पर्वत समाज परिवारलाई धन्यबाद दिनुभयो । कोविड महामारीलाई जित्नका लागि सबै सतर्क हुनुपर्ने, स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने भन्दै उहाँले डिसिसिएमसीको निर्णय र स्वास्थ्य मन्त्रालयको निर्देशन अनिवार्य पालना गर्न सर्वसाधारणसँग आग्रह गर्नुभयो । कार्यक्रममा कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशी, जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’, मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेल लगायतको उपस्थिती रहेको थियो । अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले जिल्ला संकटमा रहेको बेला अन्तराष्ट्रिय पर्वत समाजले सहयोग गर्ने बताउनु भयो । उहाँले गतबर्ष कोरोना नियन्त्रण र रोकथामा सहयोग गरेको भन्दै स्वास्थ्य सामग्रीलाई आवश्यकताका आधारमा प्रयोग आग्रह गर्नुभयो । उहाँले उहाँले स्वास्थ्य सामग्री वितरणमा सहयोग पु¥याउने समालका प्रमुख संरक्षक, सल्लाहकार, पदाधिकारी, नेपाल प्रतिनिधी, जनप्रतिनिधी एवम् पत्रकारहरुलाई विशेष आभार एवम् धन्यवाद व्यक्त गर्नूभएको छ ।
पर्वत जिल्ला घर भई हाल नेपाल र विदेशमा बसोवास गदै आएका पर्वतवासी नेपालीहरुले जिल्लामा सामुदायिक, स्वास्थ्य, शिक्षा र परोपकारी कार्यक्रममा सहयोग गर्ने गरी ‘‘सम्बृद्ध पर्वत निर्माणको लागि साुमहिक अभियान’’ भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय पर्वत समाजको गठन भएको हो । समाजले पहिलो चरणमा पालिकाहरुलाई स्वास्थ्य वितरण गरेको र दोस्रो चरणमा ११ वटा अक्सिजन कन्सनट्रेटर मेसिन वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ अन्तर्राष्ट्रिय पर्वत सेवा समाज नेपालका संयोजक मुना भुसालले जानकारी दिनुभयो ।







