पर्वत/मध्यपहाडी लोकमार्गमा पर्ने पर्वत -बागलुङ सडक खण्ड पहिरोका कारण गएराती देखि अबरुद्ध भएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं १ मा पर्ने सह्रधारामा गएको पहिरोका कारण सडक अबरुद्ध भएको हो । सह्रधाराबाट पाङ जोड्ने सडकको घुम्तीबाट पहिरो खसेको हो । पहिरोका कारण कालीगण्डकी क्रसर उद्योगमा समेत क्षति पुगेको छभने बस्ती पुरै जोखिममा छ ।
पहिरोले सडक अबरुद्ध भएपछि सहश्रधारामा सयौ सवारीसाधनहरु रोकिएका छन् । बस्तीमाथिबाट पहिरो आएपछि स्थानीय निकै त्रासमा रहेको नेपाली काँग्रेसका युवा नेता एवंजलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो । ‘सहश्रधाराको माथिबाट पुरै ढिस्को बग्ने खतरा बढेको छ, बस्ती पुरै जोखिम छ ।’ मल्लले भन्नुभयो । यता अबरुद्ध पहिरो हटाउने काम शुरु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुबेदीले जानकारी दिनुभयो । पहिरो हटाएपछि केही बेरमा यातयात सुचारु हुने उहाँले बताउनुभयो ।






