काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउसो २ वजे बस्दै छ । कोरोना भाइरसको महामारीका सम्बन्धमा छलफल गर्ने एजेण्डा तोकेर सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।
कोरोना संक्रमण नियन्त्रणमा सरकार पुरै असफल देखिएको अवस्थामा कांग्रेसले आफ्नो छुट्टै नयाँ रणनीति तयार गर्न सभापति देउवाले केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति मार्फत आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा कोरोनाको संक्रमणका बारेमा छलफलका लागि बोलाइएको उल्लेख छ ।






