पर्वत/शैक्षिक सुचना ब्यबस्थापन प्रणालीको विकासका लागि कुश्मा नगरपालिकाको नगर शिक्षा शाखाले नगरपालिकाभित्रका विद्यालयहरुलाई शैक्षिक सुचना ब्यबस्थापन प्रणाली सम्बन्धि ३ दिने (आइईएमआईएस) तालीम आइतवारदेखि कुश्मामा सुरु गरेको छ । तालीमको कुश्मा नगरपाकिलाका उपप्रमुख सीता काफ्ले लामिछानेले उद्घाटन गर्नुभएको थियो । तालीम उद्घाटनपछि बोल्दै उपप्रमुख लामिछानेले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि नगर शिक्षा शाखा, नगर शिक्षा समिति, नगरकार्यपालिका र सरोकारवाला निकायबीच समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा नगर शिक्षा प्रमुख विष्णुप्रसाद तिवारीले प्रत्येक बिद्यालयलाई प्रविधिमैत्री बनाउने र शैक्षिक गुणस्तरमा सुधार ल्याउने उदेश्यले तालिमको आयोजना गरिएको जानाकारी दिनुभयो । सोही कार्यक्रममा नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले युग र प्रविधि अनुसारको शैक्षणिक सीपको विकास आजको प्रमुख चुनौति भएको वताउँदै हरेक शिक्षक र विद्यालयलाई सूचना र प्रविधिमैत्री वनाउन तालीमको आयोजना गरिएको जानाकारी दिनुभयो । शिक्षा अधिकृत क्षेत्रीले यो ईएमआईएस तालीमले विद्यालय र शिक्षा शाखाबीचको शैक्षणिक सम्बन्धलाई अझै नजिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने दावी समेत गर्नुभयो । उहाँले विगतमा शैक्षिक तथ्याङ्क भर्दा धेरै त्रुटी हुने गरेको भएपनि अब त्यस्ता समस्या नआउने जानकारी दिनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं १ का वडा अध्यक्ष देवेन्द्र सुवेदी, वडा नं ७ का वडाअध्यक्ष सुवाचन्द्र पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, तालीमका सहजकर्ता लक्ष्मण गौतम, तालीममा सहभागी शिक्षक सुरेन्द्र गौतम लगायतले बोल्नुभएको थियो । कुश्मा नगरपालिका नगर शिक्षा प्रमुख विष्णुप्रसाद तिवारीको सभापत्विमा भएको उक्त तालीम उद्घाटन सत्रमा तालीमको उद्देश्यसहित स्वागत मन्तव्य नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले गर्नुभएको थियोभने कार्यक्रमको संचालन शिक्षक एवं संचारकर्मी सञ्जय रेग्मीले गर्नुभएको थियो । तालीममा संस्थागत र सामुदायिक गरि ८१ वटा विद्यालयका शिक्षकहरु सहभागी छन् ।






