काठमाडौं/सरकारले पर्सी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका लागि बिदा दिइएको हो ।
गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले मन्त्रालयको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । राष्ट्रपति सी शनिबार काठमाडौं आएर आइतबार फर्किंदैछन् । शनिबार सार्वजनिक बिदा नै भएकाले सरकारले आइतबारमात्रै बिदा दिएको हो ।






