गैरआवासीय नेपाली संघ साइप्रसको आठौँ अधिवेशनबाट अध्यक्षमा पर्वत चेली दिलकुमारी निर्बाचित

पर्वत/गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) साइप्रसको आठौं अधिबेशनले अध्यक्षमा दिल कुमारी तिलिजा (शुष्मा) पुन (पर्वत) लाई निर्वाचित गरेको छ ।

एनआरएनए साइप्रसका अध्यक्ष सुवास मल्लको अध्यक्षतामा सम्पन्न भएको उक्त आठौं अधिबेशनमा अवैतनिक नेपाली बाणिज्य दूताबासका मानार्थ वाणिज्य दुत डा . राम जीवन पंजियारको प्रमुख आतिथ्यता, आइ सिसि प्रतिनिधि रंजित कुमार महतोको विशेष आतिथ्यता र निर्वाचन समितिका प्रमुख सुरेश कुमार शाह, सदस्य विकास दवाडी तथा यम थापाको उपस्थिीतमा एनआरएनए साइप्रसको २५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरिएको हो ।

जसको उपाध्यक्षत्रयमा अन्तेस रावत, जस माया पुन, किस्मत पौडेल, महासचिवमा कृप थापा, सचिवमा पुरन बहादुर पुन मगर, कोषाध्यक्षमा दिनेश ढकाल, सहकोषाध्यक्षमा अनिल भण्डारी, सहसचिवमा दया सागर अर्याल, युवा प्रतिनिधिमा कुन्दन कार्की, महिला प्रतिनिधिमा सरिता कुमारी चौधरी, प्रवत्तामा दिनेश हरिजम गौतम रहेका छन् ।

त्यसैगरी परिषद्को सदस्यहरुमा कालिका थापा, धिराजन कुमार खड्का, रन्जित सापकोटा, दयाराम थापा, अन्सरी ओजेर, सन्जय कुमार मन्डल, राजन श्रेष्ठ, नेतिश कुमार सरदार, सुरज रानाभाट, सरस्वती खनाल, सरु नेपाल, कल्पना राई र राधा पोखेरल चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि डा. राम जीवन पंजियारले साइप्रसमा नेपाली दाजु भाई तथा दिदी बहिनीहरुले भोग्दै आइरहेको समस्यालाई समधान गर्न आफु एनआरएनएसँग हातेमालो गर्दै काम गर्ने बताए । उनले भने, ‘यहाँ रहेका नेपाली दिदीबहिनीहरुले पनि विदेशमा कमाएको रुपैया पैसा यहि रमाएर खर्च गर्ने भन्दा पनि बचत गर्न आग्रह गर्नु गर्दै नेपाल कन्सुलेटले गर्दै आइरहेको सयहोग निरन्तर रहनेछ ।’त्यस्तै आइसीसी प्रतिनिधि रंजित महतले नयाँकार्यसमितिलाई बधाई तथा शुभ कामना दिएका थिए ।

कार्यक्रमलाई मनोरन्जन प्रदान गर्दै सुरज राना भाट र सुस्मा राईले साईप्रस नेपाली समुदायमा चर्चित कलाकार ‘मन माया बग्यो सलसल’ र ‘गुराँसै फुल्यो बनै…’ गीतको बोलमा प्रस्तुति दिएर कार्यक्रमको शोभा बढाएका थिए ।

यस पटकको समिति ठूलो आकारमा रहेकोले यस समितिले ईमान्दारी, पारदर्शी, सद्भाब र अनुशासनमा रही नेपालीका लागि नेपाली भन्ने मुल नारालाई आत्मसात गरि आगामी दुई बर्षको कार्यकालमा सबै मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

गैरआवासीय नेपाली संघ, साइप्रसको आठौं महाअधिवेशनलाई सफल पार्नका लागि अहोरात्र खटिने निर्बाचन समिति, संघ संस्थाका प्रतिनिधिहरू, ब्यबसायी तथा स्वतन्त्र ब्यक्तित्वहरू लगायत सम्पूर्ण संघसस्था एवं साईप्रसका दाजुभाइ तथा दिदीबहिनीहरु प्रति निर्वतमान अध्यक्ष सुवास मल्लले धन्यवाद व्यक्त गरेका छन् ।

त्यस्तै कार्यक्रम प्रस्तोता कबिता भन्डारी, , पत्रकार तथा फोटो ग्राफर समिम मियाँ, बिकाश श्रेष्ठ, बिरु भट्ट, स्वयंसेवकहरु, अनलाइन मिडिया, साइप्रबासी दाजुभाई दिदि बहिनीहरू तथा एनआरएन साइप्रसका सम्पूर्ण कार्यसमिति प्रति एनआरएन साइप्रस परिवारले हार्दिक आभार व्यक्त गरेको छ ।