मासिक अभिलेख: April 2025
कुश्मा नगरपालिकाभित्रका तीनसय युवालाई रोजगारलक्षित तालिम दिइने
पर्वत/ कुश्मा नगरपालिकाले वैदेशिक रोजगारमा जान चाहने वा रोजगारीबाट फर्किएका युवाहरूलाई लक्षित गर्दै ६ वटा सीपमूलक तालिमहरू निःशुल्क रूपमा सञ्चालन गर्ने भएको छ । नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक...
काँग्रेस केन्द्रीय सदस्य जोशीद्वारा चुवामा स्वास्थ्य चौकी भवनको शिलान्यास
पर्वत/पुरानो भवन जिर्ण हुँदा नियमित चेकजाँच र उपचारमा समस्या भएपछि पर्वतको कुश्मा नगरपालिका–८ चुवामा चार कोठे स्वास्थ्य चौकीको भवन निर्माणको कार्य प्रारम्भ भएको छ । ३८ लाख ८६ हजार लागतमा निर्माण हुन लागेको भवनको...
पोखराको महायज्ञमा शुक्रबारदेखि प्रख्यात कथावाचिका देबी प्रतिभाले भागवत कथाबाचन गर्ने
पोखरा/पोखराको बिरौटामा संचालन हुने कोटीहोम महायज्ञमा प्रशिद्ध कथा बाचकहरु आउने क्रम जारी छ । विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेको कथाबाचन जारी रहेकोमा शुक्रबारदेखि प्रख्यात कथावाचिका देबी प्रतिभाले भागवत कथाबाचन गर्ने कार्यक्रम छ।
देबी प्रतिभाले...
पर्वतका शिक्षकहरूलाई आन्दोलन स्थलमै हाजिर गराउन शिक्षक संघ संगठनको आह्वान
पर्वत /शिक्षकहरूको जारी आन्दोलनमा पर्वतका शिक्षकहरूलाई आन्दोलन स्थलमा नै हाजिरी गर्ने गरी काठमाडौँ आउन आह्वान भएको छ । आन्दोलन परिचालन समिति पर्वत अन्तर्गत नेपाल शिक्षक सङ्घ पर्वतका अध्यक्ष यज्ञनाथ बास्तोला, राष्ट्रिय शिक्षक सङ्गठन पर्वतका...
मालढुंगा-बेनी सडक धमाधम स्तरोन्नति हुँदै
पर्वत/१३ किलोमिटर लामो मालढुङ्गा-बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ। मालढुङ्गा-बेनी सडक स्तरोन्नति आयोजनाका इञ्जिनियर विष्णु चापागाईँले मालढुङ्गातर्फदेखि जलजला गाउँपालिका-८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर २०० मिटर कालोपत्र भएको, केराबारी-मिलनचोक–लामाखेत खण्डमा...
पर्यटन प्रवर्द्धनका लागि जलजलामा इको ट्रेकिङको तयारी
पर्वत/ जलजला गाउँपालिकाले स्थानीय कला संस्कृति र जैविक विविधताको संरक्षणसँगै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जलजला इको ट्रेक सञ्चालनको तयारी गरेको छ । इको ट्रेकको सम्भाव्यता अध्ययन र नक्साङ्कन गरी सञ्चालनका लागि आवश्यक पूर्वाधारहरू निर्माणका लागि...
क्षयरोगीको खोज पड्तालका लागि कुश्मामा १२ सय जनाको स्वास्थ्य परीक्षण
पर्वत/नागरिकमा क्षयरोगसम्बन्धी अवस्थाको पहिचान गर्न आयोजना भएका दुईवटा शिविरहरूमा झन्डै एक हजार व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको छ। जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा कुश्मा बहुमुखी क्याम्पसमा राखिएको शिविरमा पाँच सय १२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। ...
कुश्मा नगरपालिकाको आधारभूत तहमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण
पर्वत/ कुश्मा नगरपालिकाले कक्षा ८ को अन्त्यमा सञ्चालन गरेको आधारभूत तह उत्तीर्ण परीक्षामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। सोमबार सार्वजनिक भएको परीक्षाको नतिजा अनुसार ७०.८१ विद्यार्थी उत्तीर्ण हुँदा १५.२० प्रतिशत विद्यार्थी ग्रेड वृद्धि...
पर्वत ट्राफिकले एक बर्षमा एक करोड ११ लाख राजश्व संकलन गर्यो
पर्वत / जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत साल २०८१ मा एक करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ।कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङका अनुसार १२ महिनाको अवधिमा एक करोड ११ लाख २५ हजार पाँच...
मोदीवेणीमा गंगा स्नान गर्ने क्रममा एक महिलालाई नदीले वगायो
पर्वत/ नयाँ वर्षको पहिलो दिन सक्रान्ती नुहाउन आएकी महिलालाई कालिगण्डकी नदिले वगाएको छ । कुश्मा नगरपालिका वडा नं. ५ मोदिवेणी स्थित नदी स्नान गरि टिकटक वनाउन लाग्दा चिप्लिएर वगाएको प्रत्यक्षदर्शीले वताएका छन् । टिकटक...









