Monday, May 11, 2026

मासिक अभिलेख: December 2018

नगरपालिकाले कच्ची घरको पनि नक्सा पास गर्न बाध्य पारेपछि नगरवासी आक्रोशित

मंसीर २९, पर्वत/स्थानीय तहले गरेका कतिपय निर्णयको सर्वसाधारणले विरोध गरिरहेका बेला पर्वतको फलेवास नगरपालिकाले पुन विवादास्पद निर्णय गरेको छ । नगर कार्यपालिकाले नगर क्षेत्रभित्रका माटो र ढुंगाको गारो भएका कच्ची घरको पनि नक्सापास अनिवार्य गरेको...

नीजि व्यवसायमा प्रहरीको वक्रदृष्टि…. स्थानीय सरकारमाथिको हस्तक्षेप संघीयता असफलताको दृष्टान्त् –अध्यक्ष मल्ल

मंसीर २८, पर्वत/प्रहरी प्रशासनले विनाकारण दुख दिन थालेपछि पर्वतमा संचालित क्रसर उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले दैनिक आधादर्जन प्रहरी क्रसर उद्योगमा खटाएर धरपकड गर्नेगरेको कालीगण्डकी क्रसर उद्योग सहश्रधाराका...

कुश्मा नगरपालिका–१ पाङबाट बागलुङ नगरपालिका –१ रामरेखा जोड्ने मुलुककै लामो झोलुङ्गे पुल निर्माण हुने

मंसीर २७,पर्वत/ कुश्मा नगरपालिका–१ पाङबाट बागलुङ नगरपालिका –१ रामरेखा जोड्ने मुलुककै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि अर्थमन्त्रालयले सहमति दिएसागै पुल निर्माणको काम सुरु भएको हो । पाँचसय ६७...

डहरे देउरालीलाई खुल्ला चिडियाखानाको रुपमा विकास गरिने

मंसीर २७,पर्वत/ फलेवास नगरपालिकाले डहरे देउरालीलाई खुल्ला चिडियाखानाको रुपमा विकास गर्ने भएको छ । घना जंगलले ढाकिएको डहरे लेकमा खुल्ला रुपमा जगंली जनावरको अवलोकन गर्ने गरि खुल्ला चिडियाखाना बनाउने तयारी भएको हो । समुद्री...

पर्वतमा १६ जना भुकम्पपीडितले मात्र तेस्रो किस्ता बुझेको पुन:निर्माण प्राधिकरणको रिर्पोट

मंसीर २५, पर्वत/जिल्लाका भूकम्पपीडितहरुले  तेस्रो किस्ताको रकम पाएका छन् ।  नयाँ घरनिर्माण गरिसकेका लाभग्राहीलाई तेस्रो किस्ता बितरणको काम भैरहेको राष्ट्रिय पुननिर्माण आयोजना कार्यान्वयन ईकाइ पर्वतले जनाएको छ । तर, तेस्रो किस्ता लिनेको संख्या न्यून...

कहीँ न्यायिक समिति बनेन, गठित न्यायिक समितिको काम पनि प्रभावहीन भएको गुनासो

मंसीर २५, पर्वत/स्थानीय तहमा गठन भएका न्यायिक समितिले प्रभावकारी रुपमा काम गर्न नसकेको गुनासो बढ्न थालेको छ । उपप्रमुख/उपाध्यक्षको संयोजकत्वमा गठन भएका न्यायिक समितिको काम कारबाही प्रभावकारी हुन नसकेको सेवाग्राहीहरुले गुनासो गर्न थालेका हुन्...

कालीगण्डकीको बगरबाट डेढसय परिवारको गुजारा

मंसीर २५, पर्वत/नदीको किनारको गिटी र बालुवाबाट डेढसय परिवारले जीविकोपार्जन गर्दैआएका छन्भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर तर विगत ३० बर्षदेखि मालढुङ्गाको कालीगण्डकी किनारमा गिटी र बालुवा संकलन गरेर यहाँका श्रमिकहरुले जीवन धान्दै...

विद्युतका कारण विद्यालयको प्रशासनिक काममा समस्या

मंसीर २४, पर्वत/गाउँको विद्यालयमा विद्युतका कारण समस्या भएको छ । जिल्लाको फलेवास नगरपालिका ३ नुवार स्थित जनसहयोगी माविमा विद्युतको सुविधा नहुँदा विद्यालयमा दाताले दिएको कम्प्युटर बेकामे बनेका छन् भने दैनिक प्रसासनिक कामकाजमा समस्या भएको...

भूकम्पपछिको पुननिर्माण अन्तर्गत पर्वतमा लाभग्राहीलाई तेस्रो किस्ता रकम बितरण

मंसीर २४, पर्वत/भूकम्पपछिको पुननिर्माण अन्तर्गत पर्वतमा लाभग्राहीलाई तेस्रो किस्ताको रकम बितरण गर्न थालिएको छ । नयाँ घरनिर्माण गरिसकेका लाभग्राहीलाई तेस्रो किस्ता बितरणको काम भैरहेको राष्ट्रिय पुननिर्माण आयोजना कार्यान्वयन ईकाइ पर्वतले जनाएको छ । तर,...

राधा-माधव सत्सङ आश्रम संचालनका लागि गायत्री आमा समूहद्वारा कुश्मामा महायज्ञ गरिँदै

मंसीर २१,पर्वत/कुश्मामा स्थापना भएको गायत्री आमा समूहले राधा-माधव सत्सङ आश्रम संचालन सहित वृहत धार्मिक उद्देश्य राखेर आगामी माघ ७ गतेदेखि १४ गतेसम्म कुश्मा बजारमा श्रीमद भागवत ज्ञान महायज्ञ संचालन गर्ने भएको छ । गायत्री आमा...