पर्वत/जलजला गाउँपालिकाले नागरिकको सहजताका लागि वडा कार्यालयहरूबाटै सम्पत्ति तथा भूमि कर तिर्न शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ मा जग्गा वर्गीकरण अनुसार सम्पत्ति तथा भूमि कर सफ्टवेयरमा प्रविष्ट गर्नुपर्ने भएकाले हरेक वडा कार्यालयमा तालिका अनुसारको कार्यक्रम तय गरिएको छ...
पर्वत/बह्रमकुमारी राजयोग प्रशिक्षण केन्द्र पर्वतले कुश्मामा पाँच दिने राजयोग मेडिटेशन कार्यक्रम गर्ने भएको छ । ब्रम्माकुमारी इश्वरीय विश्वविद्यालय कुश्मा शाखाको आयोजना र कुश्मा नगरपालिकाको सहआयोजनामा साउन ९ गतेदेखि १३ गतेसम्म कार्यक्रम आयोजना गरिएको हो । कुश्मास्थित युनिभर्सल पार्टी प्यालेसमा हुने कार्यक्रमको गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुहुने...
पर्वत/शैक्षिक गुणस्तरका दृष्टिकोणले धौलागिरिमै उत्कृष्ट नतिजा ल्याउँदै आएको आदर्श अंग्रेजी आवासीय मावि कुश्माले नयाँ शैक्षिक सत्रसँगै कक्षा ११ मा गण्डकी प्रदेशमै नयाँ विषय मानिएको हष्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्टमा अध्यापन गराउने भएको छ । विद्यालयले पछिल्लो समयमा यस क्षेत्रमा फस्टाउँदै गएको पर्यटन व्यवसायीलाई मध्यनजर गर्दै हष्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्ट विषयमा...
पर्वत/पैयूँ गाउँपालिकाले नयाँ आर्थिक बर्ष २०८१/०८२ सालदेखि वडाबाटै कर संकलन गर्ने भएको छ । पालिकाबासीले कर बुझाउनका लागि गाउँपालिकाको कार्यालयमा पुग्नुपर्ने अवस्थाको अन्त्य गर्दै वडा कार्यालयबाटै कर तिर्ने सुविधा मिलाएको हो ।
गाउँपालिकाले सुचना जारी गर्दै पालिकाभित्रका सात वटै वडा कार्यालयबाटै सम्पत्ति तथा भूमिकर (घरजग्गाको कर) तिर्ने ब्यवस्था मिलाएको...
पर्वत/भू तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वतले आर्थिक वर्षकव २०८०/८१ मा सम्पादन गरेका योजनाहरुको प्रगति समीक्षा गर्नुका साथै आगामी आर्थिक वर्षमा गर्ने कार्यक्रम तथा आयोजनाहरूको बजेट सार्वजनिक गरेको छ । पर्वत सहित बागलुङ, म्याग्दी मुस्ताङ, र स्याङ्जालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको कार्यालयले आ.व. २०८०/८१ मा भौतिक...
पर्वत/माथिबाट आएको पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अबरुद्ध भएको छ । कुश्मा नगरपालिका वडा नम्बर २ स्थित नयाँ पुलमा गएको पहिरोले लोकमार्गको पर्वत खण्ड अबरुद्ध भएको हो । पहिरो लाकमार्गहुँदै कालीगण्डकी नदीसम्म पुगेको छ । हिजोदेखि परेको भिषण बर्षाका कारण पहिरो खसेको हो । उक्त पहिरो खुलाएर छिटोभन्दा छिटा...
काठमाडौं/संघीय संसदमा विचाराधिन रहेको मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रता प्रत्याभूति गर्ने गरी काउन्सिललाई स्वायत्तता प्रदान गर्न नसक्ने भनी विभिन्न सरोकारवालाहरुले यसलाई संशोधन गर्नु पर्ने खाँचो औंल्याएका छन्। लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले शनिबार राजधानीमा आयोजना गरेको ‘आमसंचार कानुन तथा पत्रकार अभिमुखिकरण’ विषयक एक दिवसीय कार्यशाला गोष्ठीमा सरोकारवाला पक्षले यस्तो धारणा...
पर्वत/गोठ भन्दा माथिको पाखाबाट आएको पहिरोमा परेर जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटामा दुई जना युवा बेपत्ता भएका छन्। कार्कीनेटाका वडाध्यक्ष चोलाकान्त पाध्याका अनुसार बेपत्ता हुनेमा पन्छेकै झलक पौडेल र स्याङ्जाको आँधिखोला गाउँपालिका–३ का तुलसीराम पौडेल रहेका छन्। उनीहरू बेपत्ता भएपछि स्थानीय र सुरक्षाकर्मीले उद्धारको प्रयास गरेको भए पनि वर्षा नरोकिएका...
पर्वत/कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्वतको मालढुङ्गा बेनी सडक अबरुद्ध बनेको छ । निरन्तरको वर्षाका कारण कुश्मा नगरपालिका वडा नंं १ मालढुंगा नजिकै भिरवाट ढिस्को सहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । विहान साढे ५ बजेवाट सडक अवरुद्ध बनेको पर्वतका जिल्ला ट्राफिक प्रहरी प्रमुख सिताराम ओझाले जानकारी दिए ।
सडक...
पर्वत/स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा किटजन्य रोगहरूको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गर्मी र बर्षायामको बेलामा लामखुट्टे, किर्ना, पुतली, लगायतका किराहरूको कारण विभिन्न रोगहरू महामारीको फैलिने भएकोले यस्ता किराहरूको नियन्त्रण गरी सङ्क्रमणबाट बच्ने उपाय, उपचार र उपचारपछिको अवस्थाका बारेमा जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा...









