Thursday, May 14, 2026

Uncategorized

पर्वत/ स्वाद र गुणस्तरको हिसाबले गण्डकी प्रदेशमा नै उत्कृष्ट सुन्तला फल्ने पर्वतको जलजला गाउँपालिकाको बाँसखर्कमा सुन्तला महोत्सवको आयोजना गरिने भएको छ। बाँसखर्कको सुन्तला सबैको रोजाइमा पर्ने गरेकोले यसको थप प्रचारप्रसार गरेर बजारमा माग बढाउनको लागि एक दिने महोत्सवको आयोजना गर्न लागिएको हो। गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले धेरै वर्ष...
पर्वत / पर्वत, कास्की र स्याङ्‌जाको सिमानामा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे सँग जोडिएको गण्डकी प्रदेशकै नमुना पर्यटकीय गाउँ चित्रे जोड्‌ने सडक स्तरोन्नतीको काम शुरु भएको छ  । पर्वतको मोदी गाउँपालिका वडा नं. ६ रतीखोलादेखि वडा नं. ८ चित्रेसम्मको १२ किलोमिटर सडक स्तरोन्नती गर्न थालिएको हो ।...
पर्वत/ नेपाली काँग्रेसमा आस्था राखेकै कारण सशस्त्र द्धन्द्धको क्रममा यातना पाएको व्यक्ति र परिवारलाई सम्मान गरिएको छ । नेपाली काँग्रेसको सय दिने विशेष अभियानका क्रममा पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । नेपाली काँग्रेस महासमिति सदस्य, नेपाल महिला संघ केन्द्रीय सदस्य एवम् जिल्ला प्रतिनिधि राधाकुमारी कुवँर क्षेत्रीले...
पर्वत / जिल्ला प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको पाँच महिनामा ५४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । गत साउनदेखि मङ्सिरसम्मको अवधिमा नौजना महिला र ४५ जना पुरुष गरेर ५४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेर अदालतमा पेस गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद...
पर्वत/ नेपाली काँग्रेसको १०० दिने विशेष अभियान अन्तर्गत यतिखेर विभिन्न वडाहरूमा संगठन सुदृढीकरणका लागि विभिन्न गतिविधि सञ्चालन भइरहेका छन् । अभियानको प्रभावकारिता र कार्यकर्ताहरूको अभिमत बुझ्न पार्टी सचिव गुप्तनिधि शर्मा लगायतको टोलीले दक्षिणी पर्वतका विभिन्न वडामा पुगेर कार्यकर्ताको प्रतिक्रिया बुझेर कुश्मा फर्किएको छ । पार्टी सचिव गुप्तनिधि शर्माको नेतृत्वमा...
कुश्मा नगरपालिकाले कुश्मा नगरपालिकाका जुनसुकै उमेर समुहका, जुनसुकै क्षेत्रका र बिशेस गरी शैक्षिक बेरोजगार युवाहरुलाइ अल्पकालिन रोजगारी सृजना गर्न, कुश्मा नगरपालिकाको नगर प्रमुख रोजगार कार्यक्रम यसै बर्षदेखी संचालनमा ल्याएको छ। कार्यक्रमको उद्देश्यहरू स्थानीय रोजगारी सिर्जनाका लागि आवश्यक नीतिगत व्यवस्था गरी बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारीको प्रत्याभूति गर्ने, आवश्यक रोजगारसेवा र सहायता प्रदान...
पर्वत /फलेवास नगरपालिका–३ शंकरपोखरीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयको आयोजनामा पर्वत जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । हाल गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका स्वकीय सचिवका रूपमा रहेका नेपाल सरकारका उपसचिव राजेन्द्र बहादुर क्षेत्री र उहाँकी धर्मपत्नी राधा कुमारी कुँवर क्षेत्रीले आफ्नी आमा तथा सासू आमाको स्मृतिमा स्थापना गर्नुभएको...
पर्वत/चालु आर्थिक वर्षमा जिल्लाका ग्रामीण सडकमा मोटरेबल पुल निर्माण हुने भएको छ । जिल्लाका विभिन्न क्षेत्रमा रहेका सडकलाई बाह्रैमास सञ्चालन गर्ने उद्देश्यले तीन वटा खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको हो । जिल्लास्थित पूर्वाधार विकास कार्यालयका अनुसार पैँयु गाउँ गाउँपालिकाको सरौखोलास्थित छत्तिसेघाट, कुश्मा नगरपालिका र फलेबास नगरपालिकाको सिमानामा रहेको...
पर्वत/युवा कवि रविन शर्माको 'देउता बनाउने कारखाना'को शनिबार उनकै जन्मभूमि चुवाको मंगलोदय माविमा लोकार्पण गरिएको छ । संविधानसभा सदस्य तथा गण्डकी प्रदेशका सांसद चम्पादेवी खड्काले उक्त कविता कृतिको लोकार्पण गरेकी हुन् । कृति लोकार्पण पछि बोल्दै सांसद खड्काले साहित्य समाजको आँखा भएकोले समाजमा भएका यथार्थ घटना परिघटनालाई कविले...
पर्वत/बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थालेको १२ वर्ष पुगेको छ। अहिले उनले दूध बिक्री गरेर वार्षिक ३० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गरेर अगुवा कृषकका रूपमा बस्नेत चिनिन्छन्। विसं २०६९ मा तीन वटा भैँसीबाट ‘बस्नेत पशुपालन...