पर्वत/ फलेवास नगरपालिकामा आमा-बा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, वृद्ध वृद्धाको नियमित स्वास्थ्य परीक्षण गर्ने, विभिन्न रोगको सङ्क्रमणबाट बचाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
वृद्ध वृद्धाहरूको रक्तचाप, मधुमेह, मुटु, मिर्गौला रोगको परीक्षण, रगत, दिसा, पिसाब, खकारलगायत जाँच, पोषण अवस्थाको लेखाजोखा, अन्य रोगको...
पर्वत /राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रसारण लाइन बनाएका छन्।
जलविद्युत् आयोजनाले डाँडाखेत–राहुघाट १३२ केभी क्षमताको भन्दा मुनि २२० केभी क्षमताको प्रसारण लाइनको तार पर्ने र दुईवटा प्रसारण लाइनको तारको दूरी मापदण्डभन्दा कम हुने गरेर ‘क्रसिङ’ बनाएका...
पोखरा/पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले नयाँ उत्साह थप्दै छ। सोहि अवसरमा आज बुद्ध पूर्णिमाको विशेष कार्यक्रम भव्य रूपमा आयोजना गरिने भएको छ। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको विशेष उपस्थिति रहनेछ। आयोजक समितिका अनुसार बुद्ध पूर्णिमालाई लक्षित गर्दै विभिन्न सांस्कृतिक...
पर्वत /जलजला गाउँपालिकामा उत्कृष्ट चालिस जना उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत पालिकाभित्रका उत्कृष्ट उद्यमीहरुलाई सम्मान गरिएको हो । उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना र आत्मनिर्भर बनाउने उदेश्यले सञ्चालित...
पोखरा, २६ वैशाख /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार) साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति रहने भएको छ। कोटिहोममा भारतको हरियाणा बाट श्री १००८ महामण्डलेश्वर स्वामी विशेश्वरानन्द आज आउँदै छन् ।
कोटिहोममा चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’...
पोखरा/ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए ।
उनका अनुसार...
पर्वत/जिल्लाको जलजला गाउँपालिका–६ मा रहेको कालाञ्जर पर्वतमा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु भएको छ । जलजला गाउँपालिका र मोदी गाउँपालिकाको शिरमा रहेको जिल्लाको सबैभन्दा उच्च स्थानमा महायज्ञ गर्न थालिएको हो ।
बागलुङ स्थित पञ्चकोट धामका प्रमुख तथा मुक्तिनाथ पिठका पिठाधिश स्वामी कमलनयनाचार्यको अगुवाई र स्थानीय जलजला गाउँपालिकाको व्यवस्थापनमा...
पर्वत/नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा आज युवा संघका नेता कार्यकर्ताबिच झडप भएको छ । झडपमा परी नेकपा एमाले गण्डकी प्रदेशका सदस्य एवम् युवा संघका नेता अर्जुन पौडेल निर्जन र धुब्र श्रेष्ठ घाइते भएका छन् । निर्जनको टाउको फुटेको छ । पौडेलको शान्तिदिप अस्पताल पर्वतमा उपचार भइरहेको छ ।
पर्वतमा राष्ट्रियसभाका...
पर्वत /जिल्लाको बिहादी गाउँपालिकामा प्रथम गाउँपालिका अध्यक्ष कप प्रतियोगीताको शुरुवात भएको छ । प्रतियोगीताको संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशीले उद्घाटन गर्नुभएको छ ।
जोशीले कार्यक्रमको उद्घाटन गर्दै खेलकुदले मानिसको आत्मविश्वासमा बृद्धि हुनुका साथै स्वस्थ्य नागरिक उत्पादनमा सहयोग पुराउने बताउनुभयो । पूर्व सांसद समेत रहेका जोशीले...
पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । आगामी शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । संयोजक ढकालका...









