पर्वत / जिल्लाका कुल ४ हजार ७ सय १९ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ । जिल्लाभरका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने बालिका र किशोरीलाई माघ २२ गतेदेखि फागुन २ गतेसम्म खोप अभियान संचालन गर्न लागिएको हो ।
प्रदेश जन स्वास्थ्य कार्यालय पर्वतका...
पर्वत /जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा हुन गैरहेको गण्डकी प्रदेश स्तरीय बृहत खेलकूद तथा सांस्कृतिक महोत्सबको सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ । महोत्सवको उद्घाटन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले गर्नुहुने मुल संयोजक हर्कमान गुरुङले जानकारी दिनु भयो ।...
पर्वत/जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा पर्वत जिल्लामा नै पहिलो पटक हुन लागेको गण्डकी प्रदेश स्तरीय खेलकुद तथा साँस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ ।
‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद’ र ‘खेलकुदको विकास, संस्कृतिको संरक्षण र पर्यटनको प्रवर्द्धन’ भन्ने नाराका साथ ‘ऐतिहासिक गण्डकी प्रदेश...
पर्वत /जिल्ला प्रहरी कार्यालय पर्वतले २ जना लागू औषध कारोबार गर्नेलाई नियन्त्रणमा लिएको छ । प्रहरीले शनिवार उनीहरुलाई कुश्मा बजारबाट नियन्त्रणमा लिएको हो । प्रहरी कार्यालय पर्वतका प्रमुख रविन विष्टले कुश्मा ५ बडागाउँबाट १ महिला सहित २ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।
पक्राउ पर्नेमा बाग्लुङ जैमिनी नगरपालिका वडा नं...
पर्वत/ जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव सम्पन्न भएको छ । सुन्तला महोत्सवको गण्डकी प्रदेशका मूख्य मन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको हो । महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि प्रसार, कृषक र सरोकारवालाबीच साक्षात्कार, सुन्तला प्रर्दशनी, उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नुका साथै स्थानीय मौलिक पुरख्यौली, भजन र पञ्चेबाजा प्रर्दशनी गरिएको थियो ।
पाखाभरी...
पर्वत/जिल्लाको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी शहर पस्नेको सङ्ख्या ठूलो छ। सेवासुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन्। वनमाराले खेतबारी ढपक्कै ढाकिएका छन्। वरपरका रूखबिरुवा बढेर गाउँ नै छेकिन थालेको छ। युवा शक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक मात्रै बाँकी छन्।
एक दशक अगाडिसम्म...
पर्वत /चुत्रो प्रशोधन गरी आयुर्वेदिक औषधि बनाउन यहाँ चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ। चिनिया लगानीकर्ताको करिब आठ करोड रुपैयाँ लगानीमा कुश्मा नगरपालिका- ५ स्थित जलकेनीमा रहेको कालीण्डकी नदी किनारमा ‘एसडीएसडी’ उद्योग सञ्चालन गरिएको हो। दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र गत सातादेखि सञ्चालनमा आएको छ।...
पर्वत/कुश्मा नगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता बिहिबारदेखि बडागाउँचौरमा सुरु भएको छ । पालिकाका विद्यालयहरुबीच प्रतिस्पर्धा हुने गरी कुश्मा नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो ।
प्रतियोगिताको उद्घाटन सभारोहलाई सम्बोधन गर्दै जोशीले नयाँ प्रतिभा पहिचानको यो ऐतिहासिक अवसर भएको बताउनुभयो । खेलका माध्यमबाट...
र्वत : पर्वतमा धान खेती गरिने क्षेत्रफल घटेको भए पनि उत्पादकत्व भने बढेको छ।
कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा मा धानको उत्पादकत्व ३.४७ प्रतिशत रहेको छ। त्यो भन्दा अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा ३.३८ प्रतिशत उत्पादकत्व रहेको कार्यालयको तथ्याङ्क छ।
आर्थिक वर्ष २०७९/०८०...
पर्वत/पर्वतमा धान खेती गरिने क्षेत्रफल घटेको भए पनि उत्पादकत्व भने बढेको छ। कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा मा धानको उत्पादकत्व ३.४७ प्रतिशत रहेको छ। त्यो भन्दा अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा ३.३८ प्रतिशत उत्पादकत्व रहेको कार्यालयको तथ्याङ्क छ।
आर्थिक वर्ष २०७९/०८० मा...








