Tuesday, June 30, 2026

Uncategorized

पर्वत/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गएको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल र उम्मेदवार गाउँ केन्द्रीत बनेका छन् । मतदातासँग भेटघाट गर्ने, आफ्ना विचार, सिद्धान्त र कार्ययोजना सुनाउनाले र मतप्रभावित पार्ने काममा उम्मेदवार सक्रिय बनेका छन् । जिल्लामा १३ वटा राजनीतिक दलका उम्मेदवार...
पर्वत/लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत सङ्कटमा परेको छ । स्वास्थ्य बिमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले तीन करोड रुपैयाँभन्दा बढी भुक्तानी पाउन नसकेको हो । गत आर्थिक वर्षदेखिको स्वास्थ्य बिमा तथा ‘डायलायसिस’बापतको तीन करोड रुपैयाँ बढी रकम भुक्तानी लिन नसक्दा...
पर्वत /यस वर्ष जिल्लाबाट रु ३२ करोडको सुन्तला निर्यात गरिएको छ। यहाँका विभिन्न स्थानमा उत्पादन भएको सुन्तलाबाट रु ३२ करोड पाँच लाख भित्र्याउन कृषक सफल भएको कृषि विकास कार्यालयले जनाएको छ। जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने स्थान बाँसखर्कबाट मात्र रु २० करोडका सुन्तला निर्यात भएको छभने मल्लाजको पूर्णगाउँ, रातमाटा,...
पर्वत / फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी नागरिक बसाइँ सरेका छन्। आर्थिक वर्ष विसं २०८१/८२ मा पाँच सय २५ जना बसाइँसराइ गरेका हुन्। नगरका विभिन्न वडावाट एक सय ५३ घरपरिवारका पाँच सय २५ जना बसाइँसराइ गरेको नगरपालिकाका पञ्जीकाधिकारी अधिकृत ऋषिराम शर्माले बताए। उक्त अवधिमा ३३ जना नगरमा...
पर्वत/जलजला गाउँपालिकामा उत्कृष्ट १० जना उद्यमी छनौट गरी उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत उत्कृष्ट १० भित्र छनौट भएका पालिकाभित्रका उद्यमीहरुलाई सम्मान गरिएको हो । उत्कृष्ट २० उद्यमीमा समेटिएका मध्ये...
पर्वत/आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य बन्नका लागि नेपाली काँग्रेस पर्वतको तर्फबाट नेता अर्जुनप्रसाद जोशीले मनोनयन दर्ता गराए । मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्थात् पर्वत जिल्ला अदालतको बाहिर सडकमा केही पर रहेको चौतारीमा कोण सभा आयोजना भयो । कोण सभामा उम्मेदवार तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद...
पर्वत/वेथिति र भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने र सुशासन स्थापना गर्ने उद्देश्यले गठन भएको  पर्वत युवा सञ्जालले आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्लाका ६१ वटै वडामा वडा–स्तरीय सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। युवालाई निर्वाचन प्रक्रियामा सक्रिय र सचेत बनाउने उद्देश्यले शाखा कार्यालय विस्तार गर्न थालिएको सञ्जालले जनाएको छ। कुश्मा नगरपालिका–६...
पर्वत/फागुन २१ गते हुने आसन्न  प्रतिनिधिसभा सदस्यका लागि पर्वतबाट १७ जना उम्मेदवार चुनावी मैदानमा होमिने भएका छन् । मैदानमा होमिने उम्मेदवार मध्ये विभिन्न राजनीतिक पार्टीसँग आवद्ध रहेका १३ जना छन् भने बाँकी ४ जना स्वतन्त्र हुन् । मुख्य निर्वाचन कार्यालय पर्वतले उम्मेदवारी मनोनयन दर्ताका लागि दिएको फरकफरक समय तालिका...
पर्वत/जिल्ला प्रशासन कार्यालय पर्वतले यहि माघ २० गते भित्र इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ । आसन्न फागुन २१ को प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गरेर माघ २० गते भित्र बुझाउन अनुरोध गरेको हो । द्वन्द व्यवस्थापन पछि गाउँ गाउँमा रहेका...
पर्वत /पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ। गण्डक प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए। सडक डिभिजन कार्यालय, पोखराले कास्की र पर्वतको सिमाना नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म मर्मतसम्भार र कालोपत्रको काम सुरु गरेको जानकारी दिएको छ। पहिलो चरणमा पोखराको फेदीतर्फबाट...

This will close in 0 seconds