पर्वत/जिल्ला ट्राफिक कार्यालय पर्वतले सडक सुरक्षाका लागि पर्वतको कुश्मा बजारमा जेब्राक्रसिङ बनाउने अभियान सञ्चालन गरेको छ । साविकको सदरमुकाम कुश्मा बजार भित्र सडक स्तरोन्नति भए सँगै सडकमा यात्रुलाई समेत सहज रुपमा वारपार गर्न समेत समस्या भएपछि ट्राफिक कार्यालय पर्वतको सक्रियतामा जेब्रा क्रसिङ बनाइएको हो ।
कुश्मा नगरपालिकाको सहयोगमा कुश्मा बजार...
पर्वत/पिठ्युँमा कोदोको डोको छ, हिँडाइ हेर्दा उनी हतारमा देखिन्छन्। मानौं उनी केही चिज छुटाउँदै छिन्। जति सक्दो चाँडो पुग्ने कोसिसमा छिन्। उनको हताश देख्दा लाग्छ- मौका आएको छ, यो मौका गुमाउन चाहँदिनन्। त्यसैले पिठ्युँमा भारी भए पनि केही छिटो हिँडेर अहिलेको गन्तव्यमा पुग्न प्रयासरत छिन। उनी हुन मोदी गाउँपालिका-२...
पर्वत/आसन्न मंसिर ४ गते हुन गईरहेको प्रदेश तथा स्थानिय तहको निर्वाचनको लागि पर्वतमा वाम लोकतान्त्रिक गठवन्धनले आफ्नो चुनावी अभियानलाई तिव्र वनाएको छ । अभियानमा निस्केको गठवन्धनको टोलीले जिल्लाका विभिन्न ठाउँहरुमा मतदाता भेटघाट घरदैलो तथा कोण सभा गरेको छ ।
बुधवार मोदी गाउँपालिकाका विभिन्न वडाहरुमा कार्यक्रम गरिएको छ । मोदी गाउँपालिका...
पर्वत/निर्वाचन आयोगले पर्वतका प्रतिनिधिसभाका उम्मेदवार अर्जुनप्रसाद जोशीसंग आचारसंहिता लागु हुनुभन्दा एकमहिना अगाडीको मितिको कार्यक्रमका बारेमा स्पष्टिकरण सोधेको पाईएको छ । मंसिर ४ मा हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको आचारसंहिता लागु भन्दा असोज १२ गतेबाट लागु भएको थियो । तर आयोगले जोशीलाई आर्थरडाँडाखर्कमा २०७९ भदौ २४ गते पञ्चकोशी माविका...
पर्वत/आसन्न मंसीर ४ गते सम्पन्न हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेलाई भोट नदिने भन्दै अभिव्यक्ति दिने एकजना नागरिकलाई एमाले पर्वतका कार्यकर्ताहरूले कार्यक्रमस्थलमै हातपात गरेका छन् । अधिल्लो निर्वाचनमा पदम गिरीलाई भोट दिएको दावी गर्ने फलेवास - ५ खानीगाउँका कृष्ण सुवेदीले 'यसपालि पदम गिरीलाई भोट दिन्नौ, बरू खाली छोडिदिन्छौ'...
पर्वत/प्रतिनिधीसभाका लागि गठबन्धनको तर्फका साझा उम्मेदवार अर्जुनप्रसाद जोशीले जनताको मनमुटुमा बस्ने गरि काम गर्ने बताउनुभएको छ । असम्भव सपनाका पोका बाँडेर आफुले जनतालाई नझुक्काउने जोशीले बताउनुभयो । चुनाव जितेपछि प्रत्येक घरघरमा पुगेर गरेको बाचा पुरा गर्ने जोशीले प्रतिबद्धता व्यक्त गर्नुभयो । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीका रुग्दी, पुर्कोट, मैदान...
पर्वत/कवि विमल शर्मा पौडेलले धौलागिरि अञ्चलमै नयाँ बाछिटा संग्रह 'अम्लान' सार्वजनिक गरेका छन् । उनको दोस्रो कृति अम्लान बाछिटा सङ्ग्रह महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसर पारेर विमोचन गरिएको हो । बाछिटा सङ्ग्रहको विमोचन गर्दै बरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर कुसुमाकर न्यौपानले अम्लान बाछिटा सङ्ग्रह धौलागिरिकै नविनतम कृति...
पर्वत/देशको सुशासन र समृद्धिको लागि देशमा अब काँग्रेसको विकल्प नरहेको भन्दै फलेवास नगरपालिकाका एमालेका प्रभावशाली नेता टिकाराम गौँडेल नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । नेकपा एमालेका जिल्ला सचिवालय सदस्य एवं फलेवास नगरपालिका ४ का पूर्व वडाध्यक्ष गौँडेल मुडिकुवामा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको हो । गौँडेलसंगै...
पर्वत/कुश्मा नगरपालिकाले गएको एसइई परीक्षामा ३.६५ वा सो भन्दा माथिको जिपिए प्राप्त गरेका विद्यार्थीहरुलाई मासिक दुई हजार रुपैयाँ छात्रवृत्ति दिने भएको छ । अध्ययनमा अब्बल रहेका विद्यार्थीहरूको अध्ययनमा सघाउन तथा उनीहरूलाई थप हौसला प्रदान गर्नको लागि यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बताए।
चालु आर्थिक...
पर्वत/नेपाली कांग्रेसको तर्फबाट पर्वत जिल्ला प्रतिनिधिसभा उम्मेदवार अर्जुनप्रसाद जोशीले बकम्फुसे गफ मात्रै दिएर जनतामा भ्रम छर्ने एमाले अध्यक्ष केपी ओली प्रवृति बिरुद्ध सबैजना एक हुन आवश्यक भएको बताएका छन् । निर्वाचनको दौरान चुनावी प्रचारप्रसारमा जनतामाझ घरदैलोमा निस्किएका जोशीले दक्षिण पर्वतको विहादी गाउँपालिकामा कार्यकर्ताहरूमाझ संविधान बिरोधी शक्तिलाई परास्त गर्न टोल...








