असोज १७, पर्वत/बच्चा जन्माएर कुलोमा बगाएको अभियोगमा पर्वतकी एक कुमारी आमाका प्रेमी पुर्पक्षका लागि थुनामा परेका छन । पर्वतको फलेवास नगरपालिका वडा नं १० कुर्घाकी १७ बर्षिया अविवाहीत वालिकाका प्रेमी मनबहादुर मल्ल पर्वत जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा परेका हुन ।
पर्वत जिल्ला अदालतका न्यायधीश सुर्यबहादुर थापाले सोमबार युवती...
असोज १६,पर्वत/ मोदी गाउँपालिका ३ देउराली का ३२ वर्षीय होम पुनले लामो समय र्याफ्टिङ गाइडका रूपमा काम गरे । १२ वर्षसम्म भोटेकोसी, त्रिशूली, मस्र्याङ्दी, तल्लो सेती, माथिल्लो सेती र कालीगण्डकीलगायतका नदिमा र्याफटीङ गाइडको काम गरेका उनी केही समय भारत, स्वीटजरल्याण्ड र जापानमा पनि पुगे सानैदेखि साहसिक खेल र पदयात्रामा...
असोज १६,पर्वत/जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले पछिल्लो समयमा सवारी चेकजाँचमा कडाइ गर्न थालेको छ । नजिकिदै गरेको बडा दशै तथा तिहारको समयमा हुने दुर्घटनाको जोखिमलाई कम गर्न सवारी चेकजाँच कडाई पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वत सहायक निरिक्षक रामकृष्ण गौलीले जानकारी दिनुभएको छ ।
जिल्लाका अन्य ग्रामिण रुटहरुमा समेत सवारी...
असोज १६,पर्वत/ २८ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अवसरमा विभिन्न कार्यक्रम भएका छन् । जेष्ठ नागरिकहरुको सम्मानका लागि जेष्ठ नागरिक संघ पर्वतले मोदीबेनी धाममा कविता बाचन कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । कार्यक्रममा ६० वर्ष पार गरेका जेष्ठ नागरिकहरुले नै रचना वाचन गरेर सुनाएका थिए ।
जेष्ठ नागरिकहरुको समस्या,...
असोज,१५,पर्वत/लुम्लेसकास्कीरनेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद अर्जुनप्रसाद जोशीले ओली सरकारका कारण लोकतन्त्र संकटमा परेको वताउनु भएको छ । केन्द्रीय सदस्य जोशीले नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टाको राष्ट्रिय बैठकलाई कास्कीको लुम्लेमा सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो । नेता जोशीले वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरू स्वयं...
असोज, १४,पर्वत/कालीगण्डकी नदीमा आएको बाढीले कटानका कारण अवरुद्ध बनेको बेनी–बगरफाँट–बाँसखर्क सडक सञ्चालन भएको छ । गत भदौ २७ गते राति आएको बाढीका कारण अवरुद्ध बनेको सडक शुक्रबारदेखि खुलेको हो ।
उत्तरी पर्वतको जलजला गाउँपालिका १, २, ३ र ५ लाई जोड्ने वारीबेनी–बगरफाँट–बाँसखर्क सडक अस्थायी रूपमा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ...
असोज, १४,पर्वत/कालीगण्डकी जलाशयमा वर्षाका कारण अबरुद्ध बनेको जल यातायात (स्टीमर सेवा) बर्षा याम सकिएपछि पनि सुचारु हुन सकेको छैन । असोजको दोस्रो साता सम्म पनि नदीमा पानी बहाब नघटेपछि नेपाली पानी जहाज समेत भनेर चिनिने स्टिमर सेवा सुरु हुन नसकेको हो ।
वर्षाका कारण नदीमा बहाब बढेपछि दुर्घटना निम्तिने खतराले...
असोज, १४,पर्वत/को कुश्मा नगरपालिका वडा नं. १० पिलटारीको गहतेपोखरामा बाह्य खोप केन्द्र स्थापना गरिएको छ । स्थानीय स्वास्थ्य केन्द्र गाउँबाट केही टाढा रहेको र मुख्य बस्तीमा खोप केन्द्र नहुँदा साना बच्चा बोकेर खोपको लागि टाढा जानुपर्ने बाध्यता हटाउन केन्द्र स्थापना गरिएको हो । २ महिने बालक अमर अधिकारीलाई पोलियो...
असोज, १३ पर्वत/जलजला ४ कि बिममाया नेपालीले गाउँपालिकाबाटै नागरिकताको प्रमाणपत्र पाएकी छिन् । उनले मतदाता नामावलीमा फोटोसहितको परिचयपत्रका लागि नाम पनि त्यहीं दर्ता गराएकी छिन् । जलजलाकै सरिता परियार, पम्फा सार्की, कल्पना दर्जी र गीता दमाईलगायतका ६२ जनाले गाउँपालिका कार्यालयबाटै नागरिकता पाएका हुन्। नागरिकता नलिएकाले समेत मतदाता परिचयपत्रका लागि...
असोज, १३ पर्वत/कुश्मा नगरपालिका ७ मा तरकारी र फलफुल नर्सरी स्थापना भएको छ । कुश्मा नगरपालिकाले कृषकहरुलाई सहुलियत रुपमा तरकारी र फलफुलका विरुवा उपलब्ध गराउन नर्सरी स्थापना गरेको हो । हाल एउटा हाईटेक टनेलभित्र तरकारीका विरुवा उत्पादन भैरहेको नर्सरी २ रोपनी क्षेत्रमा फैलिएको छ । भाडामा जग्गा लिएर नर्सरी...








