पौष २४, पर्वत/यसक्षेत्रकै सामाजिक एवं राजनीतिक अगुवा स्वर्गिय अमृतप्रसाद जोशीको ११ औँ स्मृति दिवश सोमवार पर्वतमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । अमृत जोशी स्मृति प्रतिष्ठानको आयोजनामा ११ औँ स्मृति दिवश मनाइएको हो । कार्यक्रमका अवसरमा एसईइ परिक्षामा उत्कष्ठ अंक ल्याएर उतिर्ण भएका ९ जना बिद्यार्थी, साहित्यकार शान्तीनारायण श्रेष्ठ...
पौष २३,पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले वर्तमान सरकारले धर्मलाई संस्थागत व्यापार बनाएको आरोप लगाउनु भएको छ । जलजला गाउँपालिका–२ बगरफाँटस्थित सिद्धबाबा प्राथमिक विद्यालयले आयोजना गरेको महायज्ञमा सम्बोधन गर्दै केन्द्रीय सदस्य जोशीले उक्त कुरा वताउनु भएको थियो । सनातन धर्मले नै समाज र व्यक्तिलाई सत्चरित्र, सत्मार्ग...
पुष १२, पर्वत/नेपाली काँग्रेस पर्वतका प्रभावशाली नेता स्वर्गिय डिल्लीराम लामिछानेको तेश्रो स्मृति दिवसको सन्दर्भ पारेर डिल्लीराम लामिछाने समृति प्रतिष्ठान पर्वतले सिद्घेश्वर आधारभूत विद्यालय पिपलटारीमा विहिवार कम्प्युटरसहित शैक्षिक सामाग्री वितरण गरेको छ ।
कार्यक्रममा प्रतिष्ठानका तर्फबाट कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको थियो । सामग्री हस्तान्तरणपछि बोल्दै नगरप्रमुख...
पुष १२, पर्वत/स्थानीय सरकारलाई जानाकारी नदिइ प्रहरीले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेपछि गाउँपालिकाले आपत्ति जनाएको छ । प्रहरी र प्रशासनले आफूहरुलाई जानाकारी नदिइ कार्यक्रम राखेको भन्दै जलजला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु कार्यक्रममा अनुपस्थित भएपछि कार्यक्रममा जनसहभागिता समेत निकै कम भएको छ । सेवाप्रदायक निकाय र सेवाग्राहीबिच हुनुपर्ने सार्बजनिक सुनुवाईमा सेवाप्रदायक स्थानीय...
पुष ८,पर्वत/भूकम्पपछि कोहि आफन्तको शरणमा बसेका छन् । कोहि गाउँनै छोडेर हिँडेका छन् । कोहि जोखिम मोलेर बसिरहेका छन् । जिल्लाको फलेवास नगरपालिका– ८ ठानामौलाको अर्चले गाउँ बस्ती माथिको पहिरो र तलवाट पनि पहिरो जाने समस्याले ग्रसित छ । भूकम्प पश्चात गाउँमा यस्तो विपत्ती निम्तिएको हो । ‘तल हेरेनी...
पुष ८,पर्वत/कुश्मा हुँदै म्याग्दीको दानासम्म निर्माणाधिन कालीगण्डकी करिडोर प्रसारण लाईनलाई रुख कटानको आदेश नहुँदा काम प्रभावित भएको छ । रुख कटान गर्न वन कार्यालयले रोक लगाएपछि आयोजना प्रभावित भएको हो । वन डिभिजन कार्यालय पर्वत र म्याग्दीले रुख कटान आदेश नदिँदा राष्टिूय प्राथमिकता प्राप्त खुर्कोट( दाना प्रसारण लाईनको काम...
पुष ८,पर्वत/जिल्लाको जलजला गाउँपालिकाले गाउँगाउँमा व्यवसायी खोज्न थालेको छ । गाउँकार्यपालिकाको निर्णय अनुसार वडा–वडामा टोली खटाएर व्यवसाय दर्ता र नविकरण, सम्पती तथा भूमिकर संकलन गर्न थालिएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो । गाउँपालिकाले सूचना मार्फत करको दायरामा आउन व्यवसायीहरुलाई आहन गर्दापनि दर्ताका लागि नआएपछि टोली पठाएर...
पुष ६ पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जनतालाई स्थानीय सरकारको अनुभूति दिनेगरि काम गर्न केन्द्र सरकार र प्रदेश सरकारले बाधा पु¥याएको वताउनु भएको छ । जलजलाको पाँचौं गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले उक्त कुरा वताउनु भएको हो । अध्यक्ष मल्लले सिंहदरबारको अधिकार गाउँगाउँमा भनेर जनतामा व्यापक प्रचार गरिएपनि...
पुष ३,पर्वत/ बालिका बलत्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको मोदी गाउपालिका ८ चित्रेका २० वर्षिय राजेश नेपालीलाई प्रहरीले पक्रिएको हो । नेपालीले सोहि ठाउकी एक १३ वर्षिया बालिकालाई जर्वजस्ती वलत्कार गरेको आरोपमा प्रहरीले पक्रिएको हो ।
मंसिर २६ गते नेपालीले ति बालिकालाई प्रलोभन देखाई बलत्कार गरेको...
पुष ३,पर्वत/हरेक विकास निर्माण र पूर्वाधारका काम सरकारले गर्छ । सर्वसाधारण घरको शौचालय बनाउन र आँगनको खाडल पुर्न पनि सरकारकै मुख ताक्ने चलन अझै छ। त्यो संस्कार तोड्दै मोदी गाउँपालिकावासीले भने स्थानीय सरकारका लागि आफैं सहयोगमा जुटेका छन् । मोदीका करिब दुई सय परिवारले गाउँपालिकाका भवनका लागि करोडौं मूल्य बराबरको...









