Friday, May 15, 2026

समाचार

पर्वत/कालीगण्डकी नदीमा आएको भीषण बाढीले कालीगण्डकी र रघुगंगा नदीको दोभानमा रहेको प्रसिद्ध राममन्दिरमा पु¥याएको क्षतिप्रति जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले दु:ख व्यक्त गर्नुभएको छ । बाढी र कटानले क्षतिग्रस्त मन्दिर क्षेत्रको मंगलबार अवलोकन गर्दै अध्यक्ष मल्लले गाउँपालिकाको तर्फबाट साधु सन्तहरुलाई राहत समेत वितरण गर्नुभएको थियो ।...
कास्की/नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशीले नेपाली कांग्रेसमा गुटको समस्या रहेको संकेत गर्दै नेताहरुलाई स्थानिय तहमा कांग्रेसलाई बलियो बनाउन आग्रह गर्नुभएको छ । कास्की क्षेत्र नम्बर ३, अन्नपूर्ण गाँउपालिका इकाई कमिटीको आयोजनामा वि.पि विचार र आजको सान्दर्भिकता बिषयक गोष्ठीमा प्रमुख अतिथीको मन्तब्य ब्यक्त गर्दै जोशीले सो कुरा बताउनुभएको हो...
पर्वत/दुई दिन देखिको अबिरल बर्षाका कारण पर्वत कारागार भत्किएको छ । बर्षाका कारण कारागारको महिला बन्दीगृह तर्फको मुख्य पर्खाल भत्किएको हो । पर्खाल भत्किएपछि महिला बन्दी गृहमा रहेका बन्दीहरुलाई अन्यत्र सार्ने तयारी थालिएको छ । महिला बन्दी गृहमा ७ जना बन्दी रहेका छन । उनीहरुलाई बागलुङ वा म्याग्दीमा लैजाने...
काठमाडौं/३८ औ वी.पी स्मृति दिवसमा तरुण दल केन्द्रिय समितिद्वारा बालबालिकाहरुलाई फलफुल र कोरोना सुरक्षा सामग्री वितरण गरेको छ । वी.पी स्मृति दिवसको अवसरमा नेपाल तरुण दल केन्द्रिय समितिले रवि भवनमा अवस्थित बाल 'संरक्षण अभियान नेपाल' नामक बाल आश्रममा (फलफुल, मास्क, स्यानीटाईजर, साबुन) वितरण गरेको हो । कार्यक्रममा नेपाल तरुण दलका नेता...
काठमाडौं/नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बीपी स्मृति दिवसलाई सप्ताहव्यापी रूपमा मनाउने भएको छ । तरुण दलले काँग्रेसका संस्थापक तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३८औं स्मृति दिवसलाई विभिन्न रचनात्मक कार्यक्रम गरेर साउन ६ गते सप्ताहव्यापी मनाउने भएको हो । केन्द्रीय कार्यसमितिले बीपी स्मृति दिवसका अवसरमा विभिन्न रचनात्मक...
पर्वत/नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले दाताको सहयोगमा उपलब्ध खाद्यान्न शुक्रबार पनि जलजला- ५, लेकफाँटका तीनसय १० परिवारलाई वितरण गर्नुभएको छ । कोरोनाको उच्च जोखिमसँगै लामोसमय मुलुकमा भएको लकडाउनका कारण विपन्न र श्रमिक वर्गलाई रोजीरोटीमा समस्या भएको भन्दै हिमालयन बालकल्याण मञ्चको सहयोगमा उपलब्ध...
पर्वत/पहिरोका कारण निर्माणाधिन कालीगण्डकी प्रशारण करिडोरको टावर ढलेको छ । पर्वतको कुश्मा नगरपालिकाको खुर्कोट देखि म्याग्दीको अन्नपूणर् गाउपालिका-३ दाना देखि जोड्ने खुर्कोट-दाना निर्माणाधिन विद्युत प्रशारण लाइनको एक वटा टावर ढलेको हो । नेपाल विद्युत प्राधिकरणद्धारा कालीगण्डकी प्रशारण कोरीडोर अन्तरगत सञ्चालित २२० केभी क्षमताको दाना-खुर्कोट प्रशारण लाइनको पर्वतको जलजला गाउपालिका-७ मिलनचोक...
पर्वत/कोरोनाको उच्च जोखिम र लामो समयको लकडाउनको वावजुद पनि जलजला गाँउपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा ८४ दशमलब २९ प्रतिशत वित्तिय प्रगती हासिल गर्न सफल भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार गाउँपालिकाले गत ३ महिने लक डाउनका बाबजुद पनि गत आर्थिक बर्षमा झण्डै ८५ प्रतिशत...
पर्वतनेपालको नयां नक्शा सहित मेरो देश नामक स्वदेश गान सार्वजनिक भएको छ । भारतले अतिक्रमण गरेको नेपालको भुमि लिपूलेक र लिम्पीयाधुरा समेतलाई समेटेर जारी गरिएको नक्शा राखेर देशभक्ति गीत सार्वाजनिक गरिएको छ । देशभक्तिलाई ध्यानमा राखेर कुशल सर्जक शक्ति क्षेत्रीले लेखेको गीतमा स्वर कमल खत्रीको रहेको छ । प्रवासमा वसेर पनि...
पर्वत/कोरोनाको उच्च जोखिमको वावजुद पनि कृषि ज्ञान केन्द्र पर्वतले आर्थिक वर्ष २०७६/७७ मा ९० प्रतिशत प्रगति हासिल गर्न सफल भएको छ । केन्द्रीय र प्रदेश सरकारबाट प्राप्त कुल बजेट रु २५ करोड ७२ लाख ८४ हजार मध्ये रु २२ करोड ९९ लाख २ हजार ७ सय ४८ ...