पर्वत/जलजला गाउँपालिकाले सेवाग्राहीको सहजताका लागि घरमै बसेर सम्पत्ति तथा भूमि कर तिर्न सकिने सुविधा सुरू गरेको छ। गाउँपालिका कार्यालयले मोबाइल एप्समार्फत सम्पत्ति र भूमि कर तिर्न सक्ने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए। थोरै कर तिर्न पनि धेरै खर्च गरेर आउनुपर्ने अवस्थाको अन्त्य गर्न ‘आइएमई पे’मार्फत...
पर्वत/बिहादी गाउँपालिका–१ बाच्छास्थित रहेको जनकल्याण प्राथमिक बिद्यालयलाई ल्याबटप र नगद सहयोग गरिएको छ । बिद्यालयमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले एक थान ल्याबटप र नेपाली काँग्रेसका महासमिति सदस्य राधाकुमारी कुँवर क्षेत्रीले नगद ५० हजार रुपैयाँ प्रदान गर्नुभएको हो । त्यसक्षेत्रकै पुरानो...
पर्वत/'भिर्ने झोलामा' गीतले सर्वाधिक चर्चा कमाएका गायक एवं संचारकर्मी कृष्ण अखेली र सरस्वती लामिछानेको फेरी 'ढाँचा पार्यो नभने' बोलको गीत सार्वजनिक गरेका छन । फरक शैलिबाट निर्माण गरिएको उक्त दोहोरी गितको शब्द र लय भने सर्जक शिव अखेलीले गरेका हुन ।
कृष्ण विके भाञ्जाको एरेञ्जमा निर्माण भएका गितमा अहिलेका चर्चित...
पर्वत/कुश्मा नगरपालिका पर्वतले नेपाली फुटबल टिमलाई नगद सहयोगको घोषणा गरेको छ । साफ च्याम्पियनसिपको फारुइनल पुगेको भन्दै नेपाली फुटबल टिमलाई नगद दुई लाख रुपैयाँ सहयोग गर्ने कुश्मा नगरपालिकाले घोषणा गरेको हो ।
“नेपाली फुटबल टिम ऐतिहासिकरुपमा पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरी भारतसँग उपविजेताको रुपमा शान्दार प्रदर्शन गर्दै...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले मुलुकको सुशासन र समृद्धिका निम्ति काँग्रेसको विकल्प नभएको वताउनु भएको छ । उहाँले फलेवास नगरकार्यसमितिले सोमवार खानीगाउँमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो । काँग्रेस नेता जोशीले झण्डै दुईतिहाइको नजिक...
पर्वत/न बजेट न डिपिआर पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बसेर गत चैत्र २१ गते एकैदिन गरेको भनिएको एकसय ६५ वटा सडकको शिलान्यास जनताको आँखामा छारो हाल्ने र तमासा गर्ने काम भएको भनि जनस्तरबाट व्यापक विरोध हुन थालेको छ । पर्बत बेनीदेखि मल्लाज- माझफाँट -लेखफाँट हुँदै सालिजा-नागी-राम्चे जोड्ने सडकलाई...
माधव चापागाईं
बागलुङ/शुरूवात देखिनै विभिन्न रचनात्मक कामहरू गर्दै आएको जलजला गाउँपालिकाले विद्यालय र स्वास्थ्य संस्थाहरूलाई प्रविधिमैत्री बनाउनको लागि गाउँपालिकाभित्रका सबै विद्यालय र स्वास्थ्य संस्थाहरूलाई ल्यापटप र प्रिन्टर वितरण गरेको छ । कोभिड–१९, प्राकृतिक विपद् तथा आधुनिक समयका कारण हरेक कुरा प्रविधिमा आधारित बन्दै गएकाले विद्यालयहरूलाई पनि समायानुकुल सोही धारमा परिमार्जन...
पर्वत/जिल्लाको जलजला गाउँपालिकाका महिला उद्यमीहरुको लागि आयोजना गरिएको पाँच दिने उद्घोषण तथा क्षमता अभिबृद्धि कार्यक्रमको बिहीबार समापन गरिएको छ। गरिबी निवारणको लागि लघ् उद्यम विकास कार्यक्रम (मेडेपा) को सहयोगमा जलजला गाउँपालिकाद्धारा आयोजना गरिएको तालिममा सहभागी भएकाहरुलाई उद्यमीले उत्पादन गरेका उत्पादनलाई बोलीका माध्यबाट बजारमा पु¥याउनको लागि तथा बोल्ने कलाको विकास...
पर्वत/ नेपाली काँग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत पर्वतका सातवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन भएको छ । यो अधिवेशनबाट गाउँ तथा नगरमा झण्डै ८० प्रतिशत युवाहरू नेतृत्वमा आएका छन् । जिल्ला निर्वाचन समिति पर्वतले दिएको जानकारी अनुसार कुश्मा नगरपालिकाको सभापतिमा किशोर भण्डारी बिजयी हुनुभएको छ । भण्डारीले यदुनाथ...
पर्वत/नेपाली कांग्रेस पर्वतद्वारा निर्माण गरिएको नव निर्मित वीपी स्मृति भवनको कांगेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्नुभएको छ । राजधानी काठमाण्डौंबाट जुम प्रविधि मार्फत भवन उद्घाटन गर्नुभएका प्रधानमन्त्री देउवाले सुविधासम्पन्न भवन निर्माण गरेकोमा पर्वत काँग्रेसलाई बधाई दिनुभएको छ ।
पार्टी सभापति समेत रहेका देउवाले सवै जिल्लामा...









