पर्वत/लामो समयको खडेरीका कारण पतकर तथा जंगलका बुट्यान सुक्दै जाँदा करिब एक महिनायता पर्वतका तीन दर्जन बढी सामुदायिक वन तथा पाखापखेरामा आगलागी भएको छ । आगलागी समयमै नियन्त्रण हुन नसक्दा मानवीय क्षति नभए पनि करोडौं मूल्य बराबरका वनपैदावार नास हुनुका साथै वन्यजन्तु मरेका छन् ।
गत चैत तेस्रो सातादेखि विभिन्न सामुदायिक...
पर्वत/शिक्षामा परिवर्तन र आधुनिकता ल्याउन कम्प्युटर शिक्षामा जोड दिँदै आएको जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा बिग्रिएर प्रयोग विहिन अवस्थामा रहेका कम्प्युटरहरु मर्मत गरि पुन : संचालनमा ल्याउने भएको छ । ‘गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयमा कम्प्युटर बिग्रिएर प्रयोग विहीन अवस्थामा छन् । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले भन्नुभयो,‘ गाउँपालिकाले सम्पूर्ण विद्यालयका...
पर्वत/विहादी गाउँपालिकामा सार्वजानिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को दोस्रो चौमासिकसम्म सम्पादन गरेका कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी र गुनासो सुनुवाई गर्ने उद्देश्यका साथ सार्वजानिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिकाको सभा हलमा सोमवार सम्पन्न भएको सार्वजानिक सुनुवाई...
पर्वत/नेपाली काँग्रेस पर्वतका पार्टी सभापति एवं काँग्रेस युवा नेता युवराज जोशीले रूखको जरामा पानी हाल्ने र रूखको जरा काट्नेहरूबीच फरक छुट्याउन काँग्रेस कार्यकर्तालाई आग्रह गर्नुभएको छ । सभापति जोशीले नेपाल विद्यार्थी संघको ५४ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पर्वतले आयोजना गरेको विचार गोष्ठीलाई...
पर्वत/नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसको नेतृत्वमा मुलुकलाई समुन्नतको उचाईमा लैजानु पर्ने बताउनु भएको छ । नेपाली काँग्रेस पर्वतको प्रशिक्षण विभागले आयोजना गरेको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रमको उद्घाटन गदै महामन्त्री शर्माले समुन्नत राष्ट्र निर्माणको दायित्व सँधै नेपाली काँग्रेसको काँधमा रहेको दावी गर्नुभयो ।
महामन्त्री शर्माले भन्नुभयो –,‘काँग्रेसको...
पर्वत/जलजला गाउँपालिका वाड नं ३ मा अवस्थित जलजलाको पुरानो विद्यालय विद्याज्योति माध्यमिक विद्यालयको हाताभित्र निर्माण भएको १० कोठे पक्की प्रविधियुक्त भवनको उद्घाटन गरिएको छ । विकास बेल्जियम र जलजला गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको उक्त भवनको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले विहीवार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।...
पर्वत/नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट ७३.६८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समिति बैठकले कूल चुक्ता पुँजीको ७३.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
योसँगै कम्पनीको सेयरधनीहरुले ५० बोनस सेयर र कर प्रयोजनसहित २३.६८ प्रतिशत नगद लाभांश पाउने भएका छन् ।...
पर्वत/नेपाली काँग्रेस पर्वतले जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । कार्यकर्ताको माग बमोजिम पार्टीको प्रशिक्षण विभागले यही चैत्र २७ र २८ गते कुश्मामा प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो । नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीको विशेष उपस्थितिमा सोमवार विहान पार्टी कार्यालयमा बसेको...
पर्वत/यही चैत ५ गते निर्वाचन हुन लागेको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन अन्तर्गत पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसमा पनि निर्वाचन हुँदै छ। नेपाली काँग्रेस समर्थित नेपाल विद्यार्थी संघकोतर्फबाट सतिस रेग्मी र नेकपा एमाले समर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को तर्फबाट जोश्ना कुँवर चुनावी प्रतिस्पर्धामा छन्।
सचिव पदमा पनि दुई...
पर्वत/जलजला गाउँपालिकामा दुई जना बैंकका कर्मचारीमाथि आक्रमण भभएको छ । एनआइसी एसिया बैंकको बेनी शाखामा कार्यरत कर्मचारीमाथी बिहिबार दिउँसो कुटपिट भएको हो । पर्वतको जलजला गाउँपालिकाको लामाखेतमा गएका शाखा प्रमुख बिनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथी भौतिक आक्रमण भएको बैंकले जनाएको छ ।
आक्रमणबाट प्रकाश आलेको टाउकोमा चोट लागेर...









