एमाले अध्यक्ष ओली आज पर्वत आउँदै, कुश्मामा ठूलो तामझाम

पर्वत/नेकपा एमालेले मध्यपहाडी लोकमार्गमा सञ्चालन गरीरहेको सम्बृद्धिका लागि संकल्प यात्रा आज कुश्मामा बृहत आमसभाका सहितको कार्यक्रमको आयोजना गरेको हो । एमालेले पर्वत सदरमुकाम कुश्मा बजारमय आयोजना गरेको आमसभाको सवै तयारी पुरा भएको एमाले जिल्ला अध्यक्ष राजु पौडेलले जानकारी दिए ।

आज दिउँसो २ बजे कुश्माको बान्द्रेवीडि चौरमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

जनसभा सम्पन्न गर्नका लागि एमालेले जिल्लाका हजारौं कार्यकर्ता सदरमुकाम कुश्मा बजारमा उतार्दै छ । एमालेले जनसभाका लागि सवै तयार पुरा भएको जनाएको छ । मध्यपहाडी लोकमार्गका झण्डै १ दर्जन ठाउँहरुमा एमालेले स्वागतद्धारहरु निर्माण गरेको छ ।