पर्वत/मोदी गाउँपालिकाले आगामी जेठ ८ गते सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्ने भएको छ । गाउँ कार्यापालिकाको निर्णय अनुसार आगामी जेठ ८ गते गाउँपालिका भित्र नै सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्ने भएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत कमल गौतमका अनुसार मोदी गाउँपालिकाको वडा न ६ तिलाहार स्थित तिलाहार बहुमुखी क्याम्पसमा...
पर्वत/पर्वतको कुल जनसङ्ख्याको २४ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा आएका छन् । स्वास्थ्य बिमा बोर्डको सम्पर्क शाखा कार्यालय पर्वतका अनुसार गत जेठ एक गतेसम्मको तथ्याङ्क अनुसार हालसम्म कुल ३१ हजार आठ सय ९७ जनाले स्वास्थ्य बिमा गरेर उपचारलाई सुलभ बनाएका छन् ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार पर्वतको...
पर्वत/कुश्मा नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । कुश्मा नगरपालिकाको आयोजनामा आज भएको एक कार्यक्रममा कुश्मा नगरपालिकालाई पुर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गरिएको हो । जन्मेदेखी १५ महिना भित्रका वालवालिका लाई १३ वटा रोगबाट जोगाउन्व ७ प्रकारका खोप लगाइएको सुनिश्चित गर्दै पुर्ण खोप सुनिस्चित...
पर्वत/कुश्मा नगरपालिकाले बाल विकास केन्द्रहरुको सिकाइलाई प्रभावकारी बनाउन तालिमको आयोजना गरेको छ । कुश्मा नगरपालिका सामुदायिक तथा संस्थागत बिधालयमा रहेका ३० जना वालविकास सहजकर्ता लाई तालिममा सहभागी गराइएको छ । आजबाट शुरु गरिएको तालिम ६ गतेसम्म चल्ने छ । वालविकास केन्द्रका सहजकर्ता लाई पाठयक्रम विकास केन्द्रले तयार पारेको पाठयसामाग्रीको...
पर्वत/नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेच बिखन र भ्रष्टाचारको ग्राण्ड डिजाईनको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट मोर्चा संगठन पर्वतले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज मोती प्रसाद पौडेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको मोर्चा...
पर्वत/कुश्मा नगरपालिकाले १४ वटै वडामा मेलमिलापकर्ता छनौट गरेको छ । न्यायिक समिति अन्तर्गत वडाका बिबाद वडामै मिलाउने हेतुले मेलमिलापकर्ता छनौट गरिएको हो । प्रत्येक वडामा २/२ जनाको दरले मेलमिलापकर्ता छनौट गरि उनीहरुलाई तालिम दिन थालिएको हो । आजदेखि कुश्मामा मेलमिलापकर्ताका लागि ८ दिने तालिम शुरु भएको छ । जनअधिकार...
पर्वत/सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक कार्यान्वयन गर्नुपर्ने सबै सार्वजनिक निकायको जिम्मेवारी रहेको बताउनुभएको छ । पर्वतको कुश्मामा सूचना हक सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै सूचना प्राप्त गर्ने नागरिकको मौलिक हक रहेको र सूचना दिनुपर्ने सार्वजनिक निकायको दायित्व रहेकोले सूचना विनिमयमा सरोकारवाला निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो...
पर्वत/कुश्मा नगरपालिकाले नगरभित्रका सबै व्यवसायीलाई करको दायरामा आउन आह्वान गरेको छ । कुश्मा नगरपालिकाको मंगलबार सम्पन्न राजश्व परामर्श समितिको बैठकले सबैखाले व्यवसायलाई करको दायरामा आउन आव्हान गरेको हो । व्यावसाय दर्ता नगर्ने, व्यवसायिक कर नतिर्ने र दर्ता अनुसारको व्यावसाय नगर्ने जस्ता समस्या देखिएकोले सवै खाले व्यावसाय नगरपालिकामा दर्ता...
पर्वत/सहकारीको रकम दुरुपयोग गर्ने अभियुक्तविरुद्ध प्रहरीले मागेको पक्राउ अनुमतिलाई जिल्ला अदालत पर्वतले रोकेको छ । पर्वतको सदरमुकाम कुस्मास्थित शिवालय बहुउद्देश्यीय सहकारीको दुई करोड रुपैयाँभन्दा धेरै रकम दुरुपयोग भएको भन्दै सहकारीका अध्यक्ष विदुर पौडेल, कोषाध्यक्ष नरेन्द्रबहादुर खत्री, लेखा संयोजक विनोद कर्माचार्य र व्यवस्थापक दिलकुमारी सुवेदीविरुद्ध पक्राउ अनुमति माग्न प्रहरी बिहीबार जिल्ला...
पर्वत/विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले नागरिकलाई उत्पादनसँग जोड्ने योजनालाई प्राथमिकता दिने बताउनुभएको छ ।
गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा वडा नं. ६,चर्काङमा सुरु भएको तरकारी खेती सीप विकास सम्बन्धी एक हप्ते तालिमको उद्घाटन गर्दै अध्यक्ष गुरुङले नागरिकलाई स्व व्यवसायसँग आवद्ध हुने योजनाहरुलाई प्राथमिकता दिँदै बजेटको व्यवस्था गर्ने बताउनुभएको हो...







