पर्वत/फलेवास नगरपालिकाको १२ औँ नगरसभा सम्पन्न भएको छ । आईतवार सम्पन्न भएको नगरसभाले संसोधित बजेट पारित गरेको छ ।
संघिय र प्रदेश सरकारले दिने अनुदान कटौती गरेपछि कतिपय अलपत्र योजनाहरुको पूर्णताका लागि नगरसभाले बजेट संसोधन गर्ने निर्णय गरेको हो । नगर प्रमुख गंगाधर तिवारीको अध्यक्षतामा भएको नगरसभामा आगामी आर्थिक...
पर्वत/पैयुँ गाउँपालिकामा बृहत सेवा सहितको एक दिने स्वास्थ्य शिविर शुरु भएको छ । पैैयुँ क्षेत्रका जनतालाई लक्षित गरि आयोजना गरिएको बृहत सेवा सहितको स्वास्थ्य शिविरको गण्डकी प्रदेश सदस्य मित्रलाल बस्यालले उद्घाटन गरेका हुन् । उद्घाटन गदै प्रदेश सदस्य बस्यालले पैयुँ क्षेत्रमा छिट्टै सुविधासम्पन्न अस्पताल निर्माण गरिने बताए । अस्पताल...
पर्वत/नेपाली कांग्रेस पर्वतको संगठन विभागले पूर्णता पाएको छ । सहसंयोजक र सदस्य सचिव सहित विभागका २१ जना सदस्यहरूलाई पार्टी सभापति युवराज जोशीले आज पदीय जिम्मेवारीको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति जोशीले आफू १४ औं अधिवेशनबाट निर्बाचित भएर आएपछि जिल्ला भित्रको सबै गुटगत राजनीतिको अन्त्य...
पर्वत/पैयुँ गाउँपालिकामा बृहत् सेवा सहितको निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । पैयुँ गाउँपालिकाले यहि जेठ १३ गते शनिवार शिविरको आयोजना गरेको जनाएको छ । वि.पी कोइराला ममोरियल क्यान्सर अस्पताल चितवन, जिल्ला आयुर्वेद कार्यालय पर्वत, हिमालय आँखा अस्पताल पोखरा, मौलाकालिका अस्पताल प्रा.लि चितवन र रोटरी क्लव अफ नारायणी...
पर्वत/नेपाल स्काउट र स्थानीय स्काउट कार्यालय कुश्मा नगरपालिकाको आयोजनामा स्काउटका प्रमुख संरक्षक एवं प्रमुखलाई दिक्षित गरिएको छ भने अग्रज स्काउटलाई सम्मान तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउटको कुश्मा नगर स्तरिय समितिले प्रमुख संरक्षक तथा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र उपप्रमुख स्वस्थानी रिजाल, कुश्मा नगरपालिकाका प्रमुख...
पर्वत/नेष्डो समृद्ध लघुवित्तले आफ्नो लाभांश घटाउने राष्ट्र बैंकको निर्देशनप्रति असन्तुष्टि जनाउँदै दायर गरेको मुद्दामा सर्वोच्च अदालतले उक्त निर्देशन कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
नेष्डो लघुवित्तले ७३.६८४२ प्रतिशत लाभांश वितरण गर्न गरेको प्रस्तावमा राष्ट्र बैंकले रोक लगाएर १७.९३ प्रतिशत लाभांश मात्र बाड्न निर्देशन दिएपछि कम्पनी अदालत...
पर्वत/बिहादी गाउँपालिकाले मागका आधारमा कृषकलाई ७५ प्रतिशत अनुदानमा फलफुलका बिरुवा वितरण गर्ने भएको छ । गाउँपालिकालाई फलफुलमा आत्मनिर्भर बनाउन तथा व्यवसायिक किसानहरुलाई प्रोत्साहन स्वरुप बिरुवा वितरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
बिहादी गाउँपालिका कृषि विकास शाखाको आर्थिक बर्ष ०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ७५ प्रतिशत अनुदानमा बर्षे फलफुलका...
पर्वत/सेवाग्राही र सेवा प्रदायकबीचको समझदारी कायम गर्दै स्थानीय तहलाई सुशासन र जवाफदेही बनाउने अभिप्रायले मोदी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको अन्तिम चौमासिकका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।
गाउँपालिकाको वडा न ६ तिलाहारमा आयोजीत सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुलाई गाउँपालिकालाई ७६...
पर्वत/ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सम्पर्कविहीन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका हुन् । अध्यक्ष नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको सेयर सदस्यहरूको आरोपमा सहकारीका सदस्यहरूले जिल्ला प्रशासनमा निवेदन दिएपछि यो कुरा बाहिर आएको हो ।
जिल्ला...
पर्वत/कुश्मामा चौथो खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । पर्वत ब्याडमिन्टन संघको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा १३३ टोलि सहभागी हुने भएका छन । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले खेलको उदघाटन गर्दै पर्वत ब्याडमिन्टन संघले ब्याडमिन्टन खेलप्रतीको रुचि जगाउने काम गरेको बताउनुभयो । जोशीले खेलले स्वस्थ...







