पर्वत/प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दैछन्। असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् ।
अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन् । प्राय सबै प्रदेशले...
पर्वत/अत्याधिक गर्मी बढेपछि घर बाहिर काम गर्ने श्रमिकहरू तथा विद्यार्थीहरू बढी प्रभावित भएका छन् दिउँसोको समयमा सबैभन्दा बढी हुने र त्यही समयमा बालबालिकाहरू विद्यालयमा रहने तथा श्रमिकले खुला आकाशमुनि काम गर्दा पसिना निकाल्दै दुःख गर्नुपर्ने बाध्यता भएको छ। अध्ययनका लागि विद्यालयमा जानुपर्ने र पेट पाल्नकै लागि घाम पानी नभनी...
पोखरा /श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ ।
कोटीहोममा करिब नौ करोड रुपैयाँ संकलन भएको कोटीहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए ।
कोटीहोमको सबै हिसावकिताव...
पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि समापन हुँदै छ । महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोम भोलि औपचारिक समापन हुने भएको छ ।
कोटिहोममा आज महाआरती गरिएको थियो । महाआरतीमा भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो । कोटिहोममा आज देखि नै विभूति (भष्म),...
पर्वत/निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना दोस्रोपटक थपिएको समयसीमाभित्र पनि पूरा भएको छैन । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ मा छ अर्बमा ठेक्का सम्झौता गरेको थियो ।
सन् २०२२ फेब्रुअरीमा दोस्रोपटक थपिएको म्याद यही जुन २७ मा सकिँदैछ ।...
पर्वत/मालिका गाउँपालिका–३ लुक्सीपारमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत ३९ लाख २३ हजार रुपैयाँ लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ। आयोजनाबाट करिब ४०० जना लाभान्वित भएका छन्।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को १७ लाख ७४ हजार ७२९, मालिका गाउँपालिकाको नौ लाख ९५ हजार ५०९ र उपभोक्ताको ११ लाख ५३ हजार २५० बराबरको...
पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आजदेखि विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिने भएको छ । यज्ञको पूर्णाहुतिसँगै भष्म, तिलक र प्रसाद वितरण गर्ने कार्यक्रम राखिएको थियो । तर लामो समयको हवन कार्यले तातो भएका कारण भष्म, तिलक र प्रसाद आज र भोलि...
पोखरा/पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा उपस्थित भक्तजनलाई उद्घोषकले मन्त्र मुग्ध बनाउने गरेको छ । जति पनि भक्तजन कोटिहोम दर्शन गर्न आउँछन् सबैले खुलेरै तारिफ गर्ने दुई नाम छ कोष भारद्वाज र दीप काफ्ले ।
हुन पनि यी दुई भाइको कार्यक्रम सञ्चालन गर्ने क्षमता अद्भुत छ...
पर्वत/सरकारले लामो समयपछि ‘दिवा खाजा’मा रकम वृद्धि गरेको छ। यसअघिसम्म प्रतिदिन प्रतिविद्यार्थीका लागि १५ रूपैयाँ तोकिएकोमा अबदेखि भने पाँच रूपैयाँ बढाएर २० रूपैयाँ पुर्याइएकाे छ। दिवा खाजा रकम कम भएकाे भन्दै बढाउनुपर्ने बारम्बार माग उठेकाे थियाे।
सरकारले यस वर्ष भने दिवा खाजा कार्यक्रमको लागि रकम नै वृद्धि गरेको छ। अघिल्लो...
पर्वत/जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव तथा पूर्वमा मनसुनी हावा सक्रिय हुँदा यतिबेला मुलुकको विभिन्न स्थानमा वर्षा सुरु भएको जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले मनसुनी हावा चलिरहेको, बङ्गालको खाडीबाट जलवास्पयुक्त हावा नेपाल आएकाले वर्षा...









