पर्वत/ पैयूँ गाउँपालिका, पर्वतले गर्भवती महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा उक्त सेवा समावेश गरिएको हो।
गाउँसभाको १६ औं अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले गर्भवती महिलाहरूका लागि सुरक्षित मातृत्व सेवामा पहुँच सुनिश्चित गर्न...
पर्वत/कुश्मा नगरपालिकाले झण्डै ९० करोडको बजेट ल्याएको छ । मंगलबार आयोजित नगर सभाको १२ औ अधिवेशनले ८९ करोड ९७ लाख ४० हजार रुपैयाँको बजेट सर्बसम्मत पारित गरेको हो । कुल बिनियोजित रकममध्ये नगरसभाद्धारा बाँडफाँड योग्य रकम ३९ करोड ३९ लाख मध्ये चालुतर्फ एकमुष्ठ १५ करोड २५ लाख र पुजिगततर्फ...
पर्वत /भूमि बैंक योजना विवादले पर्वतको बिहादी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट नै रोकिएको छ । गाउँपालिका अध्यक्ष परविन गुरुङ नेतृत्वको नेपाली कांग्रेस र उपाध्यक्ष मीना शर्मा तिवारी नेतृत्वको नेकपा एमालेबीच भूमि बैंकका विषयमा विवाद बढ्दा नीति तथा कार्यक्रम र बजेट नै पेश हुन नसकेको हो ।
असार १०...
पर्वत / महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागी ४५ करोड ४५ लाख ४५ हजार ५ सय ४५ रुपैया बजेट सार्वजनिक गरेको छ ।
मंगलबार गाउँपालिकाको १८ औं गाउँसभामा उपाध्यक्ष धनसुवा वि.कले चालू आथिक वर्षको तुलनामा झन्डै ६ करोडले बढाएर आगामी बजेट प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकाले चालू र पुजीगत गरि ४५ करोड ४५ लाख...
पर्वत/ जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार गाउँपालिका केन्द्र लामाखेत स्थित पालिकाको सभाहलमा आयोजित गाउँपालिका गाउँसभाको १९ औं गाउँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको लागि ५९ करोड ५४ लाख रुपैयाँ बजेट छलफल सहित पारित...
पर्वत/विहादी गाउँपालिकाले ल्याउन लागेको भूमि बैंक जनतामा निकै लाभदायी हुने र यो प्रस्ताव पारित भए गाउँपालिका अध्यक्षको लोकप्रियता बढ्ने देखेर विहादीका एमाले निकट जनप्रतिनिधिहरू भूमि बैंकको एजेन्डासँगै तर्सेको पाइएको छ । उनीहरू आगामी गाउँसभामा यो एजेन्डालाई पारित हुन नदिने र अवरोध पुर्याउने मनसायबाट अघि बढेको देखिन्छ ।
युवा पलायन बढ्दो...
पर्वत/पर्वतलाई जन्मेदेखि २७ महिना मुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै विहिबार जिल्लालाई आठौँ...
पर्वत / जलजला गाउँपालिका–७ धाइरिङस्थित गुन्टेखेत र सल्यानको बस्ती संरक्षणका लागि नहर निर्माण गरेर बाढी नियन्त्रण गरिएको छ । बस्तीभन्दा माथिबाट आउने बाढी र पहिरोका कारण बर्सेनि जोखिम बढ्दै गएपछि क्षति रोकथामका लागि नहर निर्माण गरिएको हो ।
गाउँभन्दा माथि रहेको नाथिमारेको डाँडाबाट खस्ने बुढीकुलोसहितको बाढीले सल्यानको बस्तीलाई जोखिममा पारेपछि...
पर्वत/चालु आर्थिक बर्षको १० महिनामा गण्डकी प्रदेशभर ५ सय २५ जनाले आत्महत्या गरेका छन् । चालु बर्षको बैशाख सम्म गण्डकी प्रदेशका ११ जिल्लामा १ सय ९९ महिला र ३३६ पुरुष गरी ५सय २५ जनाले आत्महत्या गरेका हुन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार सवै भन्दा धेरै कास्की जिल्लामा...
पर्वत/माध्यमिक शिक्षा परीक्षा(एसइई)को नतिजा यही असारभित्रै प्रकाशन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले असारभित्रै प्रकाशन हुने गरि काम भइरहेको जनाएको हाे।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप-नियन्त्रक तारानाथ निरौलाका अनुसार अहिले परीक्षण केन्द्रहरूबाट उत्तरपुस्तिका परीक्षण सकिएर केन्द्रमा आउने क्रम जारी छ।
उनले भने,‘उत्तरपुस्तिका अझै...








