पर्वत/नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्वतले नियमित महाधिवेशन तत्कालै गर्नुपर्ने निर्णय गरेको छ । मंसीर १ गते जिल्ला पाटी कार्यालय पर्वतमा बसेको जिल्ला कार्य समितिको वैठकले नियमित महाधिवेशन फागुन २१ गते अगावै गर्नुपर्ने निर्णय गरेको हो ।
पाटी सभापति युवराज जोशीको अध्यक्षतामा बसेको वैठकले २०८२ साल फागुन २१ गते हुने...
पर्वत/जिल्ला सदरमुकाम बेनी बजारको सिमाना लामाखेतमा कार्यालय रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण उपलब्ध गराएको छ ।
गाउँपालिकाले सञ्चालन गरेको ‘रूपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो चौमासिकमा १२ जना उद्यमीलाई रु एक–एक लाखका दरले ऋण उपलब्ध गराइएको हो ।
गाउँपालिकाका सामाजिक...
पर्वत/नेकपा (एमाले) जिल्ला कमिटी पर्वतले शुक्रबार सदरमुकाम कुश्मा बजारमा बृहत र्याली तथा जनसभा गर्ने भएको छ। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा मच्चिएको विध्वंसलाई लोकतन्त्र र संविधानमाथिको आक्रमण ठहर गर्दै त्यसको विरोधमा जनसभा गर्न लागिएको एमालेले जनाएको छ।
अध्यक्ष गोबिन्द पहाडीका अनुसार दिउँसो वडागाउँबाट सुरु हुने र्यालीले बजार...
पर्वत / एक पालिका एक आधारभूत अस्पताल योजनाअन्तर्गत फलेवास नगरपालिकाले १५ शय्याको अस्पताल निर्माण थालेको छ । अस्पतालको शिलान्यास छ वर्षअघि भएको थियो । अस्पताल भवन रु नौ करोड २८ हजार लागतमा धमाधम निर्माण भइरहेको छ ।
नगरप्रमुख गङ्गाधर तिवारीका अनुसार अस्पताल परिसर नौ रोपनी क्षेत्रफलको हुने छ भने भवन साढे...
पर्वत/नेकपा एमाले पर्वतले कुश्मा लगायत विभिन्न पालिकामा आज मोटरसाइकल र्याली गरेर जनतामा आफ्नो उपस्थिति बलियो भएको सन्देश दिएको दावी गरेको छ । जेनजी आन्दोलनपछि मुर्झाएको दलीय उपस्थितिलाई एमाले पर्वतले उजागर गरिदिएको छ । २८ गते कुश्मामा जनसभा आयोजना गरेको एमाले पर्वतले त्यसको पूर्व तयारीका लागि आज उक्त मोटरसाइकल र्याली...
पर्बत/पर्बत कारागारबाट कार्तिक २४ गते छुटेका कैदीले छुटेकाे भाेलिपल्टै कुटपिट गरी श्रीमतीकाे हत्या गरेका छन् जबर्जस्ती करणी मुद्धामा सजाय भुक्तान गरिरहेका माेदी गाउपालिका ६ तिलाहार दराकका ५१ बर्षिय जित बहादुर बिकले अाज (२५ गते) बिहान १ बजे घरमा रगताम्मे हुने गरी कुटपिट गरेका थिए ।
कुटपिट गरेर सिरक अाेढाई अचेत...
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको काममा ढिलाई भएपछि सांसद सुवेदीले गराए मन्त्रीको ध्यानाकर्षण
पर्वत/गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको कालोपत्रेको काम ढिलाइ भएकोप्रति सम्बन्धित मन्त्रालयमा ध्यानाकर्षण गराएका छन्। सुवेदीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण गराएका हुन्।
सुवेदीले बागलुङमा रहेका दुई राष्ट्रिय गौरवका आयोजनाहरू कालीगण्डकी करिडोर र पुप्पलाल मध्यपहाडी लोकमार्ग बागलुङखण्ड महत्त्वपूर्ण रणनीतिक सडकहरू भएकाले...
पर्वत/राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतको अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । शनिवार कुश्मामा सम्पन्न २१ औँ साधारण सभा तथा सातौ जिल्ला अधिवेशनवाट सुवेदीको अध्यक्षतामा २२ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन भएको हो ।
प्रतिष्ठानको प्रथम उपाध्यक्षमा सुदिप क्षेत्री, द्धितिय उपाध्यक्षमा मन्जु विक, महिला उपाध्यक्षमा सावित्रि...
पर्वत/समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि पर्वतमा आठौँ पर्वत महोत्सव आयोजना गरिएको छ । स्थानीय उत्पादन, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पुस ९ गतेदेखि १९ गतेसम्म महोत्सव आयोजना गरिएको हो ।
पर्वत उद्योग बाणिज्य संघको शुक्रवार सम्पन्न बैठकले महोत्सव गर्ने निर्णय गरेको महासचिब खड्गप्रसाद खनालले...
पर्वत /कुश्मा नगरको ऐतिहासिक गौरव र मौलिक सांस्कृतिक चिन्तनलाई नवनिर्माणको धारामा प्रवाहित गर्ने उद्देश्यले स्थापित ‘शताब्दी घर’ मा अब ‘भजन–कीर्तन साँझ’ को अभियान सुरु भएको छ। नेपालको मौलिक कला, गला र बाजाको सहभागितामा गाइने ‘भजन’ लाई जगाइराख्न तथा पछिल्लो पुस्तामा भजन कला हस्तान्तरण गर्नको लागि कुश्मा बजारमा रहेको ऐतिहासिक...









