Saturday, June 27, 2026

समाचार

पर्वत/आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्वतमा ४,६१२ जना नयाँ मतदाता थपिएका छन्। कात्तिक ३० गतेसम्म तोकिएको दर्ता समय सरकारको आग्रहमा मंसिर ५ गतेसम्म बढेपछि सो संख्या दर्ता भएको हो।जिल्ला निर्वाचन अधिकारीका अनुसार कार्यालयमा उपस्थित भएर १,२२५ ९५१२ महिला, ७१३ पुरुष र अनलाइनमार्फत ३,३८७ जनाले...
पर्वत/विगत सातबर्षदाखि जहाज आउन बन्द भएपछि यतिखेर बेवारिसेजस्तै बनेको छ बलेवा विमानस्थल । २०७५ सालयता बिमानस्थलमा कुनै पनि जहाज आउन सकेको छैन । जहाज नआउँदा सुनसान बनेको बागलुङको विमानस्थलको हेरचाहको जिम्मा बलेवाका सविता शर्मा पौडेलले गर्दै आएकी छिन्। १२ वर्षयता विमानस्थलको रेखदेख गर्दै आएकी सविताको काँधमा भौतिक सम्पत्तिको संरक्षणदेखि...
पर्वत /कार्यक्रम कार्यान्वयन पुस्तिकामा तोके अनुसार शिक्षकहरूलाई स्थानीय भत्ता उपलब्ध गराउन नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्वतले जिल्लाका हरेक स्थानीय तहमा दबाब दिएको छ। सङ्गठनको जिल्ला कार्यसमितिको समन्वयमा सात वटै पालिकामा पुगेर शिक्षकहरूका लागि तोकिए अनुसारको सशर्त रकम उपलब्ध गराउन अनुरोध गरिएको हो। कार्यरत सबै प्रकारका शिक्षकहरूलाई तोकिएको वर्गीकरण अनुसार...
पर्वत/कुश्मा नगरपालिकाको पटक–पटकको सुचना, निर्देशन र अनुरोधलाई अटेर गर्दै नवनिर्मित बसपार्कमा टिकट काउन्टर सार्न असहमत भएपछि नगर प्रमुख रामचन्द्र जोशी आफै मैदानमा उत्रिएका छन् । शुक्रबार नगर प्रमुख रामचन्द्र जोशीसहित जनप्रतिनिधि, नगर कर्मचारी, प्रहरी तथा सरोकारवालाहरुको समुहले शिवालयचोक क्षेत्रमा रहेका टिकट काउन्टरमा ताला लगाएर तत्काल बसपार्कबाटै टिकट काट्न निर्देशन...
पर्वत /नेकपा एमाले पर्वतले आगामी मंसीर २७ गते हुने पाटिको राष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि चयन प्रक्रिया अगाडि बढाएको छ । एमाले जिल्ला सचिव सुवासचन्द्र पौडेलका अनुसार प्रतिनिधि चयनका लागि आगामी मंसीर १० गते मनोनयन दर्ता हुनेछ । मंसीर १३ गते मतदान हुने उक्त छनौट प्रक्रियाको लागि मंसीर ३ गते...
पर्वत/मोदी गाउँपालिका–१ देउपुरका ७३ वर्षीय टीकाराम जैसी सुन्तला बगैँचामा त भेटिन्छन् तर, सुन्तलाका सुकेका बोटहरू काट्दै गरेको अवस्थामा । बगैँचामा रहेका झन्डै ५ सयभन्दा बढी बोटहरू सुकेपछि उनी सुन्तला खेतीबाट विस्थापित भएका छन् । कुनै बेलामा देउपुर क्षेत्रका सफल सुन्तला उत्पादक कृषकको ख्याती कमाएका उनको बगैँचा अहिले झाडी र...
पर्वत/द क्लिफले उत्कृष्ट करदातामा ह्याट्रिक गरेको छ । यस वर्ष पनि पर्वत जिल्लामा दर्ता रहेका करदाता मध्ये सेवा उद्योग अन्तर्गत सबैभन्दा धेरै आयकर दाखिला गरेकोले राष्ट्रिय कर दिवस-२०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय, बाग्लुङले द क्लिफलाई सम्मान गरेको हो। यसअघि द क्लिफले २०८० /२०८१ मा दुई पटक उत्कृष्ट करदाताको रूपमा...
पर्वत/ म्याग्दीको मङ्गला गाउँपालिकाले बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरूलाई विद्यालयमा दूध वितरण गर्न थालेको छ। बालविकास केन्द्रका बालबालिकालाई दूध वितरण गर्ने कार्यक्रमलाई मङ्गला गाउँपालिकाले नमुना घोषणा गरेको छ। ‘बालबालिकासँग अध्यक्ष’ कार्यक्रम अन्तर्गत बालविकास केन्द्रका बालबालिकालाई दैनिक एक÷एक गिलास दूध वितरण गरिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिए। मङ्गला गाउँपालिकाका...
पर्वत /मालढुङ्गा–बेनी सडक दैनिक छ घण्टा बन्द हुँदै आएको छ। पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्मको १३ किलोमिटर सडक कालोपत्रे गर्नका लागि मङ्सिर १ गतेदेखि २० गतेसम्म बन्द गर्ने निर्णयका आधारमा सडक बन्द हुँदै आएको हो। यससँगै पर्वतको कुश्मा नगरपालिका-१ मालढुंगादेखि जलजला गाउँपालिका–३ वारी बेनीसम्म आवतजावत बन्द हुने बेनी-जोमसोम–कोरला सडक आयोजना...
पर्वत/ भदौ २४ गते जेनजीको आवरणमा भैरहेको आन्दोलनका क्रममा राजनीतिक दलका पार्टी कार्यालय, व्यक्तिगत घर र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोडमा संलग्नहरुलाई कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी परेको छ । नेपाली काँग्रेस पर्वत र नेकपा एमाले पर्वतले बुधवार संयुक्त रुपमा जाहेरी दिएका हुन् । बुधवार दिउँसो नेपाली काँग्रेस पर्वतका...

This will close in 0 seconds