Saturday, June 27, 2026

समाचार

पर्वत/वेथिति र भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने र सुशासन स्थापना गर्ने उद्देश्यले गठन भएको  पर्वत युवा सञ्जालले आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्लाका ६१ वटै वडामा वडा–स्तरीय सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। युवालाई निर्वाचन प्रक्रियामा सक्रिय र सचेत बनाउने उद्देश्यले शाखा कार्यालय विस्तार गर्न थालिएको सञ्जालले जनाएको छ। कुश्मा नगरपालिका–६...
पर्वत/फागुन २१ गते हुने आसन्न  प्रतिनिधिसभा सदस्यका लागि पर्वतबाट १७ जना उम्मेदवार चुनावी मैदानमा होमिने भएका छन् । मैदानमा होमिने उम्मेदवार मध्ये विभिन्न राजनीतिक पार्टीसँग आवद्ध रहेका १३ जना छन् भने बाँकी ४ जना स्वतन्त्र हुन् । मुख्य निर्वाचन कार्यालय पर्वतले उम्मेदवारी मनोनयन दर्ताका लागि दिएको फरकफरक समय तालिका अनुसार...
पर्वत/जिल्ला प्रशासन कार्यालय पर्वतले यहि माघ २० गते भित्र इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ । आसन्न फागुन २१ को प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गरेर माघ २० गते भित्र बुझाउन अनुरोध गरेको हो । द्वन्द व्यवस्थापन पछि गाउँ गाउँमा रहेका...
पर्वत /पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ। गण्डक प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए। सडक डिभिजन कार्यालय, पोखराले कास्की र पर्वतको सिमाना नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म मर्मतसम्भार र कालोपत्रको काम सुरु गरेको जानकारी दिएको छ। पहिलो चरणमा पोखराको फेदीतर्फबाट...
बलेवा /बजेट अभावमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत बागलुङमा निर्माणाधीन दुई सडकको काम अलपत्र परेको छ। बागलुङको क्षेत्र नं १ अन्तर्गत अदालत चौपारीदेखि सिगाना हुँदै बरेङ जोड्ने सडक र क्षेत्र नं २ अन्तर्गत गलकोटको हरिचौरदेखि मल्म हुँदै पाण्डवखानी जोड्ने सडकको काम अलपत्र परेको हो। अदालत चौपारीदेखि सिगाना–बरेङ जोड्ने...
पर्वत/आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार पछिल्लोपटक अद्यावधिक गरिएअनुसार उक्त संख्या कायम भएको हो। त्यसमध्ये महिला मतदाताको संख्या ६२ हजार ८६५, पुरुष मतदाताको संख्या ६२ हजार ६०० रहेको छभने अन्य एक जना...
पर्वत/ यहि पुष २७ गतेबाट काठमाण्डौमा आव्हान गरिएको नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि पर्वतबाट १९ जना महाधिबेशन प्रतिनिधीहरु सहभागी हुने भएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पर्वतबाट २७ जना महाधिवेशन प्रतिनिधी निर्वाचित भएका थिए । ति मध्ये १९ जना सहभागी हुने बताइएको छ । देउबा निकटका केही नेता...
पर्वत /जिल्लाका सामाजिक तथा राजनैतिक ब्यक्तित्व स्वर्गीय अमृतप्रसाद जोशीको स्मृतिमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । उहाँको स्मृतिमा स्थापना भएको अमृत जोशी स्मृती प्रतष्ठिानले स्वर्गीय जोशीको १९ औं स्मृती दिवसको अवसरमा जलजला गाउँपालिका –२ मल्लाजमा रहेको समाजकल्याण आधारभूत बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । आधारभूत तह अन्तर्गत...
काठमाडौं /नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन औपचारिक रूपमा आह्वान गरेका छन् । बुधबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले पुस २७ र २८ गतेका लागि तय गरिएको विशेष महाधिवेशन कानुनी र राजनीतिक दुवै दृष्टिले अपरिहार्य तथा बाध्यकारी भइसकेको बताएका हुन् । महामन्त्रीद्वयले महाधिवेशन...
पर्वत/पर्वतको भुरुङ्दीखोलामा मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । मोदी गाउँपालिका– १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ रामदुवाली जोड्ने यो पुलको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ । पुलको दुवैतर्फको पिल्लर, स्लाब ढलानलगायत सबै काम पूरा भएको छ । आगामी एक महिनामा सम्पूर्ण काम...

This will close in 0 seconds