पर्वत/समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि पर्वतमा आठौँ पर्वत महोत्सव आयोजना गरिएको छ । स्थानीय उत्पादन, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पुस ९ गतेदेखि १९ गतेसम्म महोत्सव आयोजना गरिएको हो ।
पर्वत उद्योग बाणिज्य संघको शुक्रवार सम्पन्न बैठकले महोत्सव गर्ने निर्णय गरेको महासचिब खड्गप्रसाद खनालले...
पर्वत /कुश्मा नगरको ऐतिहासिक गौरव र मौलिक सांस्कृतिक चिन्तनलाई नवनिर्माणको धारामा प्रवाहित गर्ने उद्देश्यले स्थापित ‘शताब्दी घर’ मा अब ‘भजन–कीर्तन साँझ’ को अभियान सुरु भएको छ। नेपालको मौलिक कला, गला र बाजाको सहभागितामा गाइने ‘भजन’ लाई जगाइराख्न तथा पछिल्लो पुस्तामा भजन कला हस्तान्तरण गर्नको लागि कुश्मा बजारमा रहेको ऐतिहासिक...
पर्वत/पुष्पलाल मध्यपहाडी राजमार्गको पर्वत खण्डमा पर्ने सुन्दरेखोलामा मोटरेबल पुल बनिरहेको छ । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा पर्ने सुन्दरेखोलामा पहिलोपटक ‘आर्क ब्रिज’ (मुग्लिङमा बनेको नयाँ पुल जस्तै) निर्माण भइरहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनियर कल्पना मिश्रले बताइन् ।
मिश्रका अनुसार ८० मिटर लामो, ११ मिटर चौडाइको र २ स्पान...
पर्वत/गत हप्ताको अविरल वर्षा र हावाहुरीले धान बालीमा क्षति पुर्याएपछि पैयुँ गाउँपालिकाले प्रभावित कृषकलाई राहत वितरण गर्ने भएको छ । गाउँपालिकाले करिब २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने तयारी गरेको हो । गाउँपालिकाको वडा नं। ५ का वडाध्यक्ष निर्भीक नारायण भुर्तेलका अनुसार कात्तिक ११ देखि १३ गतेसम्म भएको...
पर्वत/सदरमुकाम कुश्माबजारमा रहेको प्रसिद्ध कार्यक्रम स्थल बान्द्रेबिडी चौरमा मञ्च मर्मत, सरसफाई र सौन्दर्यकरण गर्नका लागि समिति गठन गरिएको छ बुधवार वडाका जनप्रतिनिधि र सरोकारवालाहरुको बैठकले अभिलाष गिरीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको हो ।
समितिको सचिबमा सन्तोष गुरुङ, कोषाध्यक्षमा उषा भारती गिरी तथा सदस्यहरुमा हिमाल श्रेष्ठ, कमला प्रधान, पदम...
पर्वत/नेकपा (एमाले) कुश्मा नगर कमिटिले आगामी कार्तिक २५ गते कुश्मामा मोटरसाइकल ¥याली गर्ने भएको छ । कुश्मा नगर कमिटिको बुधवार सम्पन्न बैठकले यस्ता निर्णय गरेको हो ।
नगर कमिटिका अध्यक्ष किशोर सापकोटाको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय गरेको सचिव जीतबहादुर विकले जानकारी दिनुभयो । एमालेले देशभरै पछिल्लो राजनैतिक घटनाक्रम पछि...
पर्वत/उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा कम छैन पर्वतको मोदी गाउँपालिका–२ कोरुङ्गाका टीकाराम तिमिल्सिनाको । बिहान उठेदेखि साँझसम्म मौरीको हेरचाहमै उनको समय बित्छ । पच्चिस वर्षदेखि व्यावसायिक मौरीपालनमा लागेका तिमिल्सिना जिल्लामै मौरीबाजेको रूपमा परिचित छन् । यसअघि उनी कुनै बेला जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका...
पर्वत/नेपाल पत्रकार महासंघ पर्वत र पर्वत युवा सञ्जालबीच समसामयिक विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । भदौ २३ र २४ को जेनजी पुस्ताको आन्दोलन र त्यपछि विकसित विभिन्न घटनाक्रमहरुको समिक्षा गर्दै आगामी दिनमा पर्वत जिल्लाको विकास र समृद्धिका लागि के कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा गहन छलफल गरिएको छ...
पर्वत/गत कात्तिक ११ देखि १४ गतेसम्म भएको बेमौसमी वर्षा र हावाहुरीले क्षति गरेपछि पर्वतका कृषकहरूले केही राहतको माग गरेका छन् । भित्राउने अवस्थामा पुगिसकेको, कतै काटेर खेतमा सुकाएको तथा कहीँ काट्ने तयारी अवस्थामा रहेको धान बालीमा क्षति भएपछि नेपाल किसान महासङ्घमा आबद्ध कृषकहरूले कृषि ज्ञान केन्द्र पर्वतमार्फत सकेसम्मको राहत...
पर्वत/मध्पयहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा-बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।
पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकलाई सास्ती भएको छ । कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको पोखरा–बागलुङ चल्ने विद्युतीय माइक्रोका चालक डम्मर केसीले बताए ।
“सहज र निर्बाध रूपले...









