Saturday, June 27, 2026

समाचार

पर्वत/यहीँ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ लाई लक्षित गरेर पर्वतमा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन कार्यालय पर्वत,जिल्ला सुरक्षा समिति र सशस्त्र प्रहरी बल पर्वतको संयुक्त आयोजना तथा समन्वयमा कुश्मा स्थित सशस्त्र प्रहरी बल नेपाल चण्डिका गणको परिसरमा उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको हो...
पर्वत /बागलुङको बलेवा विमानस्थलमा साढे चारवर्ष अघि लगाएको ताला अहिले पनि खुलेको छैन । विमानस्थल कालोपत्रे गरेर चिटिक्क पारेपछि लगाइएको ताला अझै नखुलेको हो । विमानस्थल सञ्चालनको ग्यारेन्टी नभएपछि यो ताला अझै खुल्न नसकेको हो । कच्ची धावनमार्ग छउन्जेल छिटफुट चलेको विमानस्थल पक्की बनेपछि ठप्पै छ । २०७८ को...
पर्वत/म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर ९बेनी–जोमसोम–कोरला० सडक योजनामार्फत मालढुङ्गा-बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्र गरिएको हो । पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गादेखि जलजला गाउँपालिका-८, ७, ४ र ३ नं वडा हुँदै...
पर्वत/ प्रतिनिधि सभा उम्मेदवार मनहरि तिमल्सिनाले फलेवासको विकास, सम्भावना र चुनौति विषयमा विज्ञहरूसँग छलफल गरेका छन् । फागुन २१ को चुनावी सरगर्मीसँगै विकास र सम्मृद्धिबारे बहसको माग भैरहेका बेला उम्मेदवार तिमल्सिनाले विषय विज्ञहरुको सहभागीतामा फलेवासबासीहरूको माग र अपेक्षालाई सुनुवाइ गरेका हुन् । फलेवास नगरपालिकास्थित मोती पुस्तकालयको भवनमा फलेबास विकास सरोकार...
पर्वत/आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र चुनाव प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो चुनाव सम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार आजदेखि १८ गते...
पर्वत/जिल्लाको मोदी गाउँपालिकाले व्यावसायिक रूपमा दूध उत्पादनका लागि उन्नत जातका गाईभैँसी खरिद गर्न किसानलाई अनुदान दिने भएको छ । आर्थिक अभावका कारण व्यवसाय सुरु गर्न नसकेका तथा निरन्तर व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्न अनुदान वितरण गरिने भएको हो । गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर गराउँदै व्यावसायिक किसानको जीवनस्तरमा सुधार...
प्यारो छोरा, शुभ आशीर्वाद तिम्रो एसएमएस अहिले भर्खरै पढें। केही लेख्दै छु, अन्यथा लिने छैनौ है। नजिक आइरहेको चुनावमा भोट दिन तिमीले सल्लाह दियौ, खुसी लाग्यो। सात समुद्रपारि दुःख गरेर बसेको छोराले देश सम्झियो, बा-आमा सम्झियो। छोरा, तिमीलाई थाहा छ, मलाई राजनीति भनेको केही थाहा छैन, झन् तिम्री आमाको त कुरै...
पर्वत / जिल्लाको बिहादी गाउँपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) र पालिका गान निर्माण गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अनुसार गाउँपालिकाको ऐतिहासिक, भौगोलिक, पर्यटकीय, सामाजिक, धार्मिक, सांस्कृतिक लगायतका पहिचानलाई संस्थागत गर्नका लागि चिन्ह र गान बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले...
असारे विकासलाई निरुत्साहित गरी समयमै योजना सम्पन्न र बजेट खर्च गर्नका लागि योजना सम्झौतामा कडाई गरिएको छ । पर्वतको विहादी गाउँपालिकाले चालु आर्थिक वर्षमा बजेट बिनीयोजन भएका योजनाहरु सम्झौता गर्न ताकेता गरेको हो । गाउँपालिकाले सुचना जारी गर्दै उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजनाहरु तत्काल सम्झौता गर्न आग्रह गरेको...
पर्वत/निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक खटाउने भएको छ । जिल्ला निर्वाचन कार्यालयमार्फत देशभभरका छ हजार ७४३ वटै वडामा स्वयंसेवक खटाउन लागिएको आयोगले जनाएको हो । बाल विकास सहजकर्ता, मातृ शिशु कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका वा सामुदायिक सेवा केन्द्रका परिचालकमध्ये जो अनुभवी छ, तिनैलाई मतदाता शिक्षाका लागि स्वयंसेवक...

This will close in 0 seconds