पर्वत / जिल्लाको कुश्मा नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिवर’ को लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि सतर्कताका लागि आह्वान गरिएको छ । कुश्मा नगरपालिका–८ चुवामा रहेको एक बङ्गुर फार्ममा रहेका सुँगुर/बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिवर’ सँग मिल्दोजुल्दो लक्षण देखिएको र त्यहाँ रहेका ४६ वटा सुँगुर/बङ्गुर मरेका नगरपालिकाको पशु सेवा शाखाका प्रमुख तथा चिकित्सक...
पर्वत /गत फागुन २१ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका पर्वतका १४ जनाको जमानत जफत हुने भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा रहेको व्यवस्था अनुसारको मापदण्ड पूरा नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारहरू बाहेक अन्य...
पर्वत /प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्वतबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर भुसाल विजयी भएका छन् । उनले आफ्ना हेभिवेट प्रतिस्पर्धीलाई पराजित गर्दै २६ हजार ५ सय ६१ मतसहित जित हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले १५ हजार ९ सय ५४ मत प्राप्त गरेका...
पर्वत/जारी मतगणना अनुसार पर्वतमा रास्वपाका सागर भुषालले फराकिलो अग्रता कायम गरेका छन् । विहान ७ बजेसम्मको मतविवरण अनुसार भुषालले २५ हजार चारसय ४२ मत ल्याउँदा कांग्रेसका अर्जुनप्रसाद जोशीले १५ हजार ६९ मत ल्याएका छन् ।
यसैगरी एमालेका उमेदवार पदम गिरीले भने १४ हजार ५ सय १० मत ल्याएका छन् ।...
पर्वत /आगामी फागुन २१ गते सम्पन्न हुन लागिरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा खटिने कर्मचारीहरूलाई नियुक्ति पत्र प्रदान गर्न थालिएको छ । निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय काम बोकेर मतदान केन्द्रमा खटिने कर्मचारी फागुन १८ गते नै सम्बन्धित केन्द्रमा जाने तयारी रहेका छन् । उनीहरू मतदान केन्द्रमा खटिनु पूर्व नै मुख्य निर्वाचन...
पर्वत /फलेवास नगरपालिका–६ देवीस्थानकी जमुना पौडेलले बाँदरका कारण ज्यानै जोगाउन मुस्किल भइरहेको गुनासो पोखिन् । ‘बुढी मान्छे छु, घरमा कोही नभएको मौका छोपेर बाँदरका हुल घरमा छिर्छन्,’ उनले भनिन्, ‘भातको भाँडै बोकेर लैजान्छन्, धपाउन खोज्यो उल्टै चिथोर्न आउँछन् ।’
सोही पालिकाको ठानामौलाका राजु विकले बाँदर आतंक बढ्दै जाँदा घरगाउँका खेतबारी...
पर्वत / प्रतिनिधिसभा सदस्यको निर्वाचनका उम्मेदवारहरूले आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन्। उनीहरूले आफ्ना ती घोषणापत्रमा आफूहरूले जिल्लाको विकासको लागि विभिन्न क्षेत्रमा गर्न खोजेको कामको बारेमा मतदातालाई कुरा बुझाउने प्रयास गरिरहेका छन्।
जिल्लामा राजनीतिक दलहरूबाट उम्मेदवारी दिएका नेताहरूले औपचारिक रूपमा चुनावी घोषणापत्र सार्वजनिक रहे पनि स्वतन्त्र उम्मेदवारहरूले भने मौन अवस्थामा छन्।
पर्वतमा...
पर्वत/आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारहरूले आफ्ना चुनावी घोषणापत्रहरू सार्वजनिक गरिरहेका छन् । आफ्ना प्रतिज्ञा पत्र तथा घोषणापत्रमा आगामी पाँच वर्षमा आफूले सम्पादन गर्न सक्ने कामहरूको बारेमा उल्लेख गरेर मतदातासामु उम्मेदवारहरूले मत मागिरहेका छन् ।
यही क्रममा नेपाली काँग्रेसको तर्फबाट पर्वतमा उम्मेदवार रहेका अर्जुनप्रसाद...
पर्वत/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार निर्वाचनका अधिकांस काम सकिएका हुन् । मतदानको मिति नजिकिदै जाँदा निर्वाचनका लागि आवश्यक सवै प्रकारका सामाग्री र मतपत्र जिल्लामा आईपुगेका छन् । भने मतदान स्थल अनुसार सामाग्रीहरु रुजु गर्ने, प्याकिङ...
पर्वत/आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्ने बेला विभिन्न आचारसंहिता उल्लंघन र सामाजिक सञ्जालमा फेक (नक्कली) गतिविधि बढेको भन्दै पर्वत युवा सञ्जालले गम्भीर ध्यानाकर्षण गराएको छ । सञ्जालले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने किसिमका गतिविधि बढ्दै गएको उल्लेख गरेको हो ।
विज्ञप्तिमा विशेषगरी सामाजिक सञ्जालमा नक्कली खाता...







