भदौ ३०, पर्वत/कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिकाका दुई सय घरधुरी उच्च जोखिममा परेका छन् । गाउँपालिकाअन्तर्गत वडा नंं ३ मा अवस्थित वारीबेनीबजारका झण्डै एक सय, बगरफाँटका ५० र वडा नं ७ को मिलनचोक र वडा नं ८ को खनियाघाटलगायतका बस्तीका दुई सय घर उच्च जोखिममा परेका...
२०७५ भदौ २९ / नेपाली कांग्रेसभित्र अनुशासन समिति गठनको विषयमा विवाद देखिएको छ । अनुशासन समिति गठनका लागि बिहीबार बोलाइएको केन्द्रीय समितिको बैठक बेलुकासम्म पनि सुरु नभएपछि अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
अनुशासन समिति गठनको विषयमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र ‘तेस्रो धार’ को नेतृत्व...
पर्वत, भाद्र– २९/ गत वैशाखदेखि लागू गरिएको एकीकृत सम्पत्ति कर फलेवास नगरपालिकाका लागि आन्तरिक स्रोत वृद्धिमा भरपर्दो आधारका रूपमा देखिएको छ । उक्त कर लागू भएको घोषणाताका नगरप्रमुख पदमपाणि शर्माले पहिलोपटक तिरेर सुरुवात गरका थिए । नगरपालिकाको राजस्व शाखा प्रमुख रमेश शर्माले गत आर्थिक वर्षका दुई महिनामा एकीकृत सम्पत्ति...
२८ भदौ, काठमाडौं । नेकपाभित्र प्रदेश ईन्चार्जमा रस्साकस्सी शुरु भएको छ । जिल्ला कमिटी र भातृ संगठनहरुको एकीकरण प्रक्रिया पेचिलो बन्दै गएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो चरणमा प्रदेश कमिटीहरुको एकीकरण टुङ्ग्याउन लागेको हो । । विहीबार बस्ने सचिवालय बैठकले प्रदेश कमिटी अध्यक्ष र सचिव तोक्नुको साथै...
भाद्र,२८–पर्वत/गण्डकी प्रदेशका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री बिकास लम्सालले पोखरादेखि पर्वतको सदरमुकाम जोड्ने सुरुङ्गमार्ग चार वर्षभित्र पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पर्वत सदरमुकाम कुश्माबजारमा जनकल्याण महिला समूह पर्वतले आयोजना गरेको तीज मेलालाई उद्घाटन गर्दै मन्त्री लम्सालले पर्वत लगायत साविक धौलागिरीका...
भाद्र,२८–पर्वत/स्थानीयवासीको अवरोधका कारण चौधरी ग्रुपले निर्माण गरिरहेको मध्यमोदी जलविद्युत् आयोजना पाँचदिनदेखि ठप्प भएको छ । स्थानीयवासीले आयोजनाको कार्यालयमा तालाबन्दी गर्नुका साथै काममा समेत अवरोध गरेका कारण आइतबारदेखि निर्माण कार्य रोकिएको हो । आयोजनाको सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा स्थानीय बस्ती जोखिममा परेको भन्दै स्थानीयवासीले तालाबन्दी गरेका हुन् ।...
२७ भदौ, पर्वत/ भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र...
काठमाडौं । गृह मन्त्रालय बढुवा समितिको सचिवालयले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदका लागि तीन जनालाई बढुवा सिफारिस गरेको छ । डीआईजीत्रय पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतलाई एआईजीका लागि सिफारिस गरिएको छ ।
कार्की राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, राई लागु औषध नियन्त्रण ब्यूरो र...
बागलुङ — संस्कृत पढ्ने बाहुन जातिले मात्रै हो भन्ने मान्यताविपरीत दलित र जनजातिका बालबालिकालाई पनि भर्ना लिइएको छ । उनीहरूको रुची पनि संस्कृतिमा देखियो । यहाँको संस्कृत माद्यमिक विद्यालयमा अहिले कसैले कसैलाई जात सोध्दैन । विस्तारै यसले समाज परिवर्तनको अनुभूति गराएको छ । जैमिनी नगरपालिका ७ की जमुना नेपाली र हिमानी थापालाई संस्कृत...
काठमाडौं । छोरीको हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै निर्मला पन्तका आमाबाबु काठमाडौं आइपुगेका छन् । भोलिबाट राष्ट्रपति, प्रधानमन्त्री, प्रहरी प्रमुख लगायतलाई भेटेर ज्ञापन पत्र बुझाउने उनीहरुको तयारी छ ।
साउन १० मा साथी कहाँ गएकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो । हत्यारालाई कारबाहीको...








