Sunday, June 28, 2026

समाचार

पर्वत/कोरोना विरूद्धको अभियानमा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णको सहयोग र सक्रियता अन्य जनप्रतिनिधिको तुलनामा धेरैनै अघि देखिएको छ । अध्यक्ष मल्लले यो महामारीमा आफ्नो गाउँपालिकाभित्रका नागरिकलाई मात्रै नभएर जिल्लाका अन्य स्थानीय तहका नागरिकको लागि समेत राहत र सहयोग गर्नुभएको छ । अध्यक्ष मल्लकै नेतृत्व र अग्रसरतामा कुश्मा...
पर्वत/विदेशबाट फर्किएकाहरुको कोरोना जाँचको नतिजा आउने क्रम शुरु भएको छ । पछिल्लो रिर्पोट अनुसार जिल्लाको जलजला गाउँपालिकाका ९ जनाको रिर्पोट नेगेटिभ आएको छ । जलजला गाउँपालिकालै दुबई, कतार, अष्ट्रेलियालगायतका मुलुकबाट हालै फर्किएका उनीहरुको स्वाव लिएर ल्याबमा परिक्षणका लागि पठाइएको थियो । उनीहरूको रिपोर्ट नेगेटिभ आएसँगै कोरोना विरूद्धको लडाइँमा...
पर्वत/कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउनको समयमा विनाकारण बाहिर निस्किने ११ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । सोमबार पर्वत प्रहरीले सदरमुकाम कुश्माबजार लगायत अग्ला झोलुंगेपुलहरुबाट लकडाउन उल्लघंन गर्ने युवाहरुलाई नियन्त्रणमा लिएको हो । छिमेकी जिल्ला बागलुङमा दुई जनामा कोरोना संक्रमण देखिएसँगै थप सजगता...
पर्वत/जलजला गाउँपालिकाले आफुखुशी राहत बितरण गर्ने र सामाजिक सञ्जालमा प्रचार गर्नमा रोक लगाएको छ । गाउँपालिकाले लकडाउन अवधिमा खान नपाउने बिपन्न बर्गलाई सहयोगका लागि सहयोग गर्न इच्छा लागेमा गाउँपालिकाको राहत कोषमार्फत गर्न आग्रह गरेको छ । जलजला गाउँपालिकाको सोमबार बसेको बैठकले एकद्धार प्रणालीमार्फत नै गरिब तथा बिपन्न बर्गलाई राहत...
पर्वत/नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले कोरोना भाइरस (कोभिड–१९) को कारण सरकारद्धारा घोषणा गरिएको लकडाउनमा सुरक्षित रहन र कुनै समस्या परे आफुलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ । नेता जोशीले आज सामजिक संजाल मार्फत जिल्लावासी सम्पूर्ण नागरिकलाई कोरोनाको संक्रमणबाट जोगिन सावधानी अपनाउन आग्रह गदै कुनै समस्या...
पर्बत/लोकतन्त्रको वास्तविक परिभाषा भनेकै 'जनताले, जनतालाई, जनताद्धारा गरिने शासन हो । तर चुनाब जितेपछि धेरै जनप्रतिनिधिले जनतामा गरेका पूर्व बाचाहरू बिर्सेर आफ्नो दुनो सोझ्याउन लागेको पाईन्छ तर जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) आफू जनप्रतिनिधि भएपछि निरन्तर गाउँपालिकाको विकास र गाउँपालिकाबासीको समृद्धिका लागि खटिनु भएको छ । उहाँ अहिले...
काठमाडौं, चैत्र १८ । २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ । तिहार भने मंसिर १ गते परेको छ । सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार दशैं–तिहार जस्ता चाडपर्व केही पछि धकेलिएका छन् । २०७७ सालको दशैं विदा कात्तिक ७ गते...
पर्वत/देशभर कोरोना भाइरसको त्रासका कारण लकडाउन छ । यो बेला नबुझेका मानिसहरुलाई भिडभाड नगर्न सल्लाह दिनुपर्ने नेता नै भिड जम्मा गरि जुवाको खाल चलाइरहेका भेटिएका छन । जलजला ८ नाग्लिवाङका सोमबहादुर जिसि लकडाउनको बेला घरमा जुवा खाल चलाएर बसेको पाइएको छ । उनी वडा कार्यलय र वडाध्यक्षले सचेतनाका लागि...
पर्वत/जलजला गाउँपालिकाले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) बाट गाउँपालिकाकाबासीलाई सुरक्षित राख्न कटुवाल मार्फत गाउँगाउँमा नियमित घोक हाल्ने अभियान सञ्चालन गरेको छ । प्राणघातक कोरोनाको संक्रमण जुनसुकै बेला फैलने खतरा भएकोले गाउँबासीलाई सतर्क बनाउन कटुवाल मार्फत नियमित घोक हाल्ने अभियान सञ्चालन गरिएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी...
पर्वत/छिमेकी भारतमा समेत पछिल्लो दिनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या बढेपछि रोजगारीका लागि गएका फर्कने क्रम जारी छ । केही दिन यता भारतलगायत बिदेशबाट फर्केकालाई जलजला गाउँपालिकाले निगरानीमा राखेको छ । गाउँपालिकाले नौ वटै वडाका वडा अध्यक्षलाई त्यस्ता ब्यक्तिको सुचना संकलन गर्न र निगरानी बढाउन आग्रह गरेको छ...

This will close in 0 seconds